
जनकपुरधाम
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको हकहित तथा तिनका परिवारको सुरक्षाका लागि सीप र रोजगार समृद्धीको आधार मुल नाराका साथ विश्व आप्रवासन दिवशको पुर्व सन्ध्यामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरि मनाएको छ । आफ्ना मुलुक छाडी खाडी तथा अन्य मुलुकमा श्रम गर्ने आप्रवासी कामदारहरुको हकहितको लागि यो सन २००० देखि निरन्तर रुपमा नेपालमा मनाइदै आएको दिवश हो ।
आप्रवासी कामदारको अधिकारको क्षेत्रमा काम गर्ने आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, मित्र धनुषा, सेफ नेपाल, सामी परियोजना, जनकपुर उपमहानगरपालिका लगायतका संस्थाहरुले संयुक्त रुपमा दिवश मनाएको थिए । जानकी मन्दिरको प्रांगनमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा आप्रवासी कामदार संजालका दुखरण यादव, सामी हेल्भेटास नेपालका देव नारायण मण्डल, राम प्रमेश मण्डल, मित्र धनुषाका मन्जु यादव, सेफ नेपालका विनोद महरा, अधिवक्ता रेखा झा, महिला अधिकारकर्मी शुभद्रा आले, मानव अधिकार आयोगका मानवअधिकार अधिकृत मनमाया बुढा मगर लगायतका प्रतिनिधिहरुले आप्रवासी कामदार तथा तिनका परिवारका हकहितका लागि मन्तव्य प्रस्तुत गरेको थिए ।

वैदेशिक रोजगारमा जाने युवाको मिहिनेत र पसिनाले मुलुकको अर्थ व्यवस्थामा उल्लेखनिय योगदान गरेको भएता पनि आप्रवासी कामदारहरुको क्षमता विकास र अधिकारका लागि नेपाल सरकार मौन रहेको प्रति आप्रवासी कामदार अभियन्ताहरुले आलोचना गरेका थिए । आप्रवासी कामदारहरुको हकहितमा रहेका महासंधिको अनुमोदनका लागि नेपाल सरकार सक्रिय हुनुपर्ने सुभाmव समेत दिएका थिए । हालसम्म नेपालले मानवअधिकारको ९ वटा ठुला महासन्धी मध्ये अन्र्तराष्ट्रिय अप्रावासी कामदारको हक हित सम्बन्धी महासन्धी (१९९०) नेपालले हालसम्म हस्ताक्षर गरेको छैन ।
२५ हजार भन्दा बढिको संख्यामा नेपाली कामदारहरुको मासिक रुपमा विदेशीने गर्छ । गाडी मुलुक र अन्य मुलुकमा नेपाली कामदारको उचित तलव लगायत सेवा सुविधा अन्य देशको भन्दा कममा काम गर्नु पर्ने बाध्यता नेपाली कामदार सँग छ । दिनहु कुनै न कुनै प्रकारको घटनाबाट मृत्यु भइ प्रत्येक दिन दुइ तिन जना नेपाल पठाउने गर्दछ ।