सिडियो कार्यालयलाई ८ थान डस्टविन प्रदान

०७६ पुष १ गते ।
कामाख्या परिवार नेपालले जिल्ला प्रशासन कार्यालय धनुषामा ८ थान डस्टविन प्रदान गरेको छ । मंगलवार एक कार्यक्रमविच धनुषाका प्रमुख जिल्ला अधिकार प्रदिपराज कणेललाई रेलवे ट्रैक सरसफाई अभियानीहरुको समन्वयमा ८ थान कूड़ा दान (डस्टविन) कामाख्या परिवार नेपालको अध्यक्ष बिभास लाभले प्रदान गरेका हुन् ।
कामाख्या परिवार नेपालको अध्यक्ष बिभास लाभ, कामाख्या परिवारको सचिब ललिता लाभ, महिला स्वच्छता अभियानी रूबी झा, सामाजिक स्वच्छता अभियन्ता दिपक कुमार चौधरी, कामाख्या परिवारको सदस्य बिजय कामती, भरत राउतलगायत जिल्ला प्रशासनका कर्मचारी, पत्रकार, सेवाग्रहीहरुको उपस्थितिमा डस्टविन प्रदान गरेका हुन् ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कामाख्या परिवार नेपाललाई सेवाग्राहीकोे सहयोग र सुबिधाको लागि डस्टविन प्रदान गरिएकाले धन्यवाद प्रदान गर्दै कामाख्या परिवारका अध्यक्ष बिभास लाभलाई कदर पत्र प्रदान गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार