चिसोबाट बच्न प्रहरीको सहयोगमा जनकपुरमा दाउरा वितरण

धनुषा । ०७६ पुष २ गते ।

जनकपुरधामलगायत तराई मधेशको क्षेत्रमा चिसो बढेसंगैे प्रहरीले दाउरा वितरण गरेका छन् । ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित माँ राजदेवी सः मिल तथा फर्निचर उद्योगको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाका डिएपी रामेश्वर कार्की, प्रहरी इन्स्पेक्टरद्धय अशोक कुमार झा, अवधेश कुमार यादवलगायतका प्रहरी कर्मचारीहरुले चिसोबाट बच्न दाउरा वितरण गरेका हुन् ।


दाउरा वितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रन्जित राय, राजदेवी सःमिलका संचालक श्रवण साह, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरु, समेतको उपस्थितिमा जनकपुरधामको रामानन्द चौक, पिडारी चौक, भानु चौक, शिव चौक, मुरली चौक, जिरोमाईल लगायतको बिभिन्न स्थानमा पुगेर जाडोको समयमा चिसोबाट बच्नको लागी गरिब, विपन्न, दलित, बृद्ध, जेष्ठ नागरिक, महिला, असहाय,असक्त अपांगहरुलाई दाउरा बितरण गरी आगो बाल्दै आएको छ ।

धेरै पढिएको

ताजा समाचार