
पुस ५ गते ।
जनकपुरधामस्थित मोनाष्टिक आवासिय उच्च माध्यमिक विद्यालयले आफ्नो ३४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, धनुषाको संयोजकत्वमा शनिबार विहान ९ बजेबाट जनकपुरस्थित जनकचोकको खुल्ला प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकलगायत ४५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ४० जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले रक्तदान जीवनदान भएकाले यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ ।

विद्यालयले शैक्षिक उत्थानका साथै सामाजिक सेवाका क्षेत्रमा काम गरेको भन्दै उहाँले विद्यालयको प्रशंसा समेत गर्नुभएको छ । मोनाष्टिक विद्यालयले शिक्षालगायत स्वास्थ्य र सामाजिक भावनामा अघि बढ्दै कार्य गरिरहेको विद्यालयका मेनेजिङ डायरेक्ट डा.सोनु कुमारले बताउनुभयो ।
त्यस्तै, मोनाष्टिक विद्यालयले दशकौँदेखि यस्ता कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा समेत विद्यालयले शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने विद्यालय संस्थापिका श्रीमती वीणा देवी साहले बताउनुभयो ।