बटेश्वरमा राष्ट्रिय महिला कब्बडी प्रतियोगिताको दोश्रो दिन ६ खेल सम्पन्न

धनुषा,०७८ मंसिर २४ गते । धनुषाको बटेश्वर गाउँपालिकामा जारी बटेश्वर गापा अध्यक्ष कप “राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८ अन्तर्गत शुक्रवार ६ खेल सम्पन्न भएको छ । बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर क्षेत्री (गणेश), उपाध्यक्ष प्रर्मिला देवी सिंह, वडा नं. ३ का अध्यक्ष हिरालाल महतोको विशेष उपस्थितीमा शुक्रवार ६ वटा खेल भएको हो ।


अति रोमाञ्चक खेलमा सुदुरपश्चिम प्रदेशले र प्रदेश १ विच भएको खेलमा १७ का विरुद्ध ७० अंक ल्याई सुदुरपश्चिम विजयी भएका छन् ।
्गण्डकी प्रदेश र कर्णाली प्रदेशविच भएको खेलमा २६का विरुद्ध गण्डकी प्रदेशले ५६ अंक ल्याई विजयी भए । लुम्बनी प्रदेश र प्रदेश १ विचको खेलमाा २६ का विरुद्ध ६४ अंकसहित लुम्बिनी प्रदेश विजयी भएका छन् ।


लुम्बनी प्रदेश र प्रदेश २ विच भएको खेलमा १८ का विरुद्ध २६ अंकसहित लुम्बिनी प्रदेश विजयी भएका हुन् । कर्णाली प्रदेश र बागमती प्रदेशविच भएको खेलमा १० का विरुद्ध ४८ अंकसहित बागमती प्रदेश विजयी भएका थिए ।

सुदुरपश्चिम र प्रदेश २ विच भएको खेलमा १८ का विरुद्ध ४६ अंकसहित सुदुरपश्चिम विजयी भएको खेलका प्रशिक्षक मनोज सिंह दनुवारले जानकारी दिनुभयो । वटेश्वर गाउँ पालिकाको संयोजन तथा शिव शक्ति युथ क्लव बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा ७ वटै प्रदेशको टिमको सहभागीता रहेको छ ।


शनिवार हुने फाइनल खेलमा प्रथम हुने टिमलाई १ लाख ५ सय ५, द्वितीय हुनेलाई ५० हजार ५ सय ५ र तृतीयलाई २५ हजार ५ सय ५ पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका प्रचार प्रसार समितिको संयोजक मदन बिकले जानकारी दिनुभयो ।


प्रतियोगिता अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डरको साथै सधै प्रतियोगितामा एक–एक जनालाई म्यान अफ दि म्याच प्रदान समेत गरिने आयोजक क्लवका जीवन भुजेलले बताउनुभयो ।


कुल १५ लाखको लगानीमा हुन लागेको यस प्रतियोगिताको लागि वटेश्वर गापाले ८ लाख र बटेश्वर गापा वडा नं ४ कार्यालयले ३ लाख र बाँकी रकम चन्दा संकलन गरिएको बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार