बटेश्वर गापा अध्यक्ष महिला कब्बडी प्रतियोगितामा सुदुरपश्चिम प्रदेश विजयी

धनुषा,०७८ मंसिर २५ गते । धनुषाको बटेश्वर गाउँपालिकामा आयोजित बटेश्वर गापा अध्यक्ष कप “राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८ को उपाधि सुदुरपश्चिमले पाएको छ ।

शिवशक्ति युथ क्लवका अध्यक्ष टक बहादुर घु्रुङ्गचिङ्गको अध्यक्षता र बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री (गणेश)को प्रमुख आतिथ्यतामा आयोजित फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ का विरुद्ध सुदुरपश्चिम प्रदेशले ५४ अंकको फराकिलो अन्तरले विजयी भएका हुन् ।

प्रथम भएका सुदुरपश्चिम प्रदेश टिमलाई शिल्ड, प्रमाणपत्र, तक्मासहित एक लाख पाँच हजार पाँच रुपैयाले बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले सम्मान गर्नुभएको छ ।


दोश्रो भएका लुम्बिनी प्रदेशका खेलाडीलाई शिल्ड, प्रमाणपत्र, तक्मासहित पचास हजार पाँच सय पाँच रुपैया बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रर्मिला देवी सिंहले प्रदान गर्नुभयो ।

तेश्रो भएका बागमती प्रदेशलाई प्रमाणपत्र, तक्मा र नगद पच्चीस हजार रुपैया शिवशक्ति युथ क्लवका अध्यक्ष टक बहादुर घु्रुङ्गचिङ्गले प्रदान गर्नुभयो । तेश्रो भएका गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रमाणपत्र, तक्मासहित नगद पच्चीस हजार क्लवका सल्लाहकार जिवन भुजेलले प्रदान गर्नुभयो ।


फाइनल अघि भएको सेमिफाइनलमा खेलमा सुदुरपश्चिम प्रदेशले ४८ अंक ल्याई गण्डकी प्रदेशलाई २३ अंकमै सिमित गरेका थिए । सेमिफाइनलको खेलमा कडा प्रतिस्पर्धाकाविच लुम्बिनी प्रदेशले ३१ अंक ल्याई फाइनलमा प्रवेश भएका थिए । बाग्मती प्रदेशले २९ अंक ल्याई तेश्रो भएका हुन् ।

बटेश्वर गाउँ पालिकाको ८ लाख आर्थिक सहयोग र बटेश्वर गापा वडा नं. ४ ले ३ लाख सहयोग गरेका छन् । दोश्रो पुरस्कारको व्यवस्थापन भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले गर्नुभएको छ ।


बटेश्वर गाउँपालिकाको संयोजन तथा शिव शक्ति युथ क्लव बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा ७ वटै प्रदेशको टिमको सहभागीतामा उत्साहपूर्वक रुपमा प्रतियोगिता सम्पन्न भएको प्रतियोगिताका प्रचार प्रसार समितिको संयोजक मदन बिकले जानकारी बताउनुभयो ।


प्र्रतियोगितामा बेस्ट रेडर सुदुुरपश्चिम प्रदेशका खेलाडी सुनिता थापालाई नगद दुई हजार पाँचसहित सम्मान गरिएको छ । वेस्ट डिफेन्डरको रुपमा सुदुरपश्चिमका खेलाडी निशा बोहरालाई दुई हजार पाँच सयसहित सम्मान गरिएको छ । प्रतियोगिताको म्यान अफ दि म्याचको रुपमा सुदुरपश्चिम प्रदेशका खेलाडी सुनिता थापालाई दुई हजार एक सय रुपैयाले सम्मान गरिएको आयोजक क्लवका सल्लाहकार जीवन कुमार भुजेलले बताउनुभयो ।


प्रतियोगितामा कब्बडीका मुख्य प्रशिक्षक विष्णु दत्त भटटलाई बटेश्वर गापा वडा ३ का अध्यक्ष हिरालाल महतोले मायाको चिनो प्रदान गरि सम्मान गर्नुभयो । कब्बडी संघका केन्द्रिय सदस्य नरेन्द्र मानन्धर, कब्बडी खेलका व्यवस्थापक मनोज सिंह दनुवारलाई मायाको चिनोले सम्मान गरिएको छ ।

प्रतियोगितामा खेलाडीहरुको लागि यातायातको व्यवस्थापन गर्ने गंगोत्री स्कुलका प्रिन्सिपल गणेश साह, संचारकर्मी अजय साह, दिपेन्द्र सिंह, विजय साहलगायतकालाई मायाको चिनो र प्रंशसा पत्रले सम्मान गरिएको प्रतियोगिताका व्यवस्थापक अनिल लामाले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार