
धनुषा । ०७६ पुस ६ गते ।
सप्तरीको हनुमाननगर कंकालिन नगरपालिका वडा नं.१ भारदहमा ९ फिट लामो अजिंङ्गर सर्प फेला परेको छ । स्थानिय सुधिर झाकोे बारीमा ९ फिट लम्बाई भएको अन्दाजी २५ किलोको अजिङ्गर सर्प फेला परेको हो ।
विशाल सर्प देखेपछि झाले ईलाका प्रहरी कार्यालय भारदहलाई जानकारी गराएका थिए । प्रहरीको टोलीले अजिङ्गर सर्प समातेर इलाका प्रहरी कार्यालयमा ल्याएका थिए । पक्राउ गरिएको सर्पलाई वन्यजन्तु आरक्षण पथरी सेक्टरको रेन्जरको जिम्मा लगाइएको छ ।