प्रदेश २ प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश स्वीकृत

धनुषा,०७८ पुस ११ गते । प्रदेश २ मा प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ स्वीकृत गरिएको छ । पुस ११ गते बसेको प्रदेश २ को प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठकमा बहुमत सांसदहरुले अध्यादेशमार्फत स्थापना गरिएको प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेशलाई स्वीकृत गरिएको प्रदेशसभा सचिव रंजित कुमार यादवले बताउनुभयो ।


सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमत सांसदले स्वीकृति दिएका थिए । यस विधेयकलाई अस्वीकृत गर्न प्रदेश २ सरकारका विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदले प्रस्ताव पेश गरेका थिए । तर, यो प्रस्ताव अस्वीकृत भयो ।


पुस ८ गते प्रदेशसभाको बैठकबाट कृषि विश्वविद्यालय सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको थियो । राजविराजमा कृषि र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारले अध्यादेश ल्याएको थियो ।

राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना भइसकेको छ । बीरगंजमा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्रि नवलकिशोर साह सुडिले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार