
धनुषा,०७८ पुस ११ गते । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित पुस ११ गते मनोविमर्श केन्द्रको उदघाटन गरिएको छ । वडाध्यक्ष पुण्यप्रताप यादवले एक कार्यक्रमका विच मनोविमर्श केन्द्रको उदघाटन गर्नुभएको हो ।
जनकपुरधाम उमपहानगरपालिका वडा नं. १४ ले मनोविमर्श केन्द्रको लागि ओरेक नेपाललाई दुई वर्षका लागि निःशुल्क रुपमा कोठा उपलब्ध गराएको छ । हिंसा प्रभावित महिलाहरुलाई सुरक्षित जीवनयापनमा सहयोगका लागि मनोविमर्श सेवा दिनुपर्ने भएकाले सोहीअनुरुप मनोविमर्श केन्द्रको स्थापना गरेको ओरेक नेपालका धनुषा परियोजना संयोजक रोजलिन सिंह बछारले बताउनुभयो ।
वडाध्यक्ष पुण्यप्रताप यादवले मनोविमर्श केन्द्र स्थापनाले हिंसा प्रभावित महिलाहरुलाई मनोपरामर्शका लागि सहयोग पुग्ने उद्धेश्यले ओरेक नेपाललाई निःशुल्क कोठा उपलब्ध गराएको बताउनुभयो । उहाँले ओरेक नेपालले महिला, दिदी बहिनीहरुको लागि गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत वडा कार्यालयबाट हुने सहयोगका लागि तत्पर रहेको प्रतिवद्र्धता जाहेर गर्नुभयो ।

ओरेक नेपाल धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछारले महिला दिदी बहिनीहरु हिंसामा परेपछि उहाँहरुलाई तत्कालै मनोविमर्शको आवश्यकता पर्ने गरेको बताउनुभयो । हिंसामा परेपछि उहाँहरुलाई के गर्ने नगर्ने वा न्यायको लागि कहाँ र कसरी सम्पर्क गर्ने माध्यमका लागि समेत मनोविमर्श केन्द्र एक सार्थक सहयात्री बन्ने उद्धेश्य रहेको बताउनुभयो ।
लैंगिक हिंसा नियन्त्रण संजाल धनुषाका अध्यक्ष सुभद्रा आले मगर, जिल्ला युवा संजाल धनुषा अध्यक्ष धिरज साह, निल हिरा समाज प्रदेश २ संयोजक प्रदिप यादवलगायतको मानवअधिकारकर्मीहरुको उपस्थिती रहेको ओरेक नेपाल प्रदेश २ संयोजक विकास बन्जाराले बताउनुभयो ।
