प्रदेश २ मा विवाहित महिलामाथि हिंसाका घटना बढ्दोः ओरेक


धनुषा,०७८ पुस १२ गते । प्रदेश २ मा महिलाहरुमाथि हुने हिंसाका घटना बढ्दो रहेको महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले जनाएको छ । ओरेकमा २०२१ जनवरीदेखि डिसेम्वरसम्ममा एक हजार १० ओटा महिला हिंसाका घटना दर्ता भएको छ । ओरेकले प्रत्येक वर्ष महिलामाथि हुने हिंसाको यथार्थताका लागि अन्वेषी पुस्तक प्रकाशन गर्दै आएको छ ।


अन्वेषी २०७८ प्रकाशनको रिर्पोट सार्वजानिक गर्दै ओरेकले देशभर महिलामाथि हुने हिंसाका घटना बढेको जनाएको छ ।
अन्वेषी २०७८ मा एक हजार १० वटा महिला हिंसाका घटना समावेश गरिएको छ । जसमध्ये प्रदेश २ मा विवाहित महिला उपर ७६ प्रतिशत, अविवाहित महिला उपर २१ प्रतिशत र एकल महिला उपर २ प्रतिशत घटना भएको तथ्यांक सार्वजानिक गरिएको छ ।


एक हजार १० ओटा घटनामध्ये प्रदेश २ मा २९ प्रतिशत र प्रदेश १ मा सवैभन्दा ३३ प्रतिशत महिलामाथि हिंसाका घटना भएको ओरेकका प्रदेश २ संयोजक विकास बन्जाराले बताउनु भयो । प्रदेश २ मा महिला हिंसाका घटनामध्ये घरेलु हिंसाका ६३ प्रतिशत घटना हुने गरेको छ । हिंसामा ७५ प्रतिशत साक्षर र २५ प्रतिशत निरक्षर व्यक्ति पीडित हुने गरेको अन्वेषी २०७८ मा उल्लेख रहेको छ ।

अन्वेषीमा श्रीमानबाट ७७ प्रतिशत महिला पीडित भएको जनाएको छ । २३ प्रतिशत महिला घरपरिवाका अन्य सदस्यबाट पीडित भएका छन् । घरेलु हिंसाका प्रभावितहरुमध्ये ५७ प्रतिशत महिला आधारभुत शिक्षा प्राप्त गरेका छन् । प्रभावित महिलाको निरक्षर दर भने १७ प्रतिशत रहेको ओरेक नेपालका धनुषा परियोजना संयोजक रोजलिन सिंह बछारले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ प्रमुख विरबहादुर बुढामगर, जनकपुरधाम उपमहानगरपालिका वडा न. १० का वडाध्यक्ष मिथिलेश कर्ण, इन्सेक प्रदेश २ प्रमुख राजु पासमान, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ का मानवअधिकार अधिकृत मनमाया राणा मगर, इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंह, जिल्ला युवा संजाल धनुषा अध्यक्ष धिरज कुमार साह, लैंगिक हिंसा नियन्त्रण संजाल धनुषाका अध्यक्ष सुभद्रा आले मगर, एम्नेष्टि इन्टरनेशनल इन्टरनेशनल समुह–४६ का अध्यक्ष जमुना भुजेल, निल हिरा समाज प्रदेश २ संयोजक प्रदिप यादवलगायतको सहभागिता रहेको ओरेक नेपालका मनोविमर्शकर्ता ममता कुशवाहाले जानकारी दिनुभयो ।

धेरै पढिएको

ताजा समाचार