
धनुषा,०७८ पुस १८ गते ।
गणेशमान चारनाथ नगरपालिका को पोर्ताहामा जनमत पार्टीले किसान आन्दोलनको नाममा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खोलाउन प्रहरीले गोली प्रहार गर्दा ५ जना जनमत पार्टीका कार्यकता घाइते भएका छन् ।
प्रहरीको गोली लागेर शहिदनगर नगरपालिका –१ कुम्भकरण बस्ने २५ वर्षीय जनमत विद्यार्थी संघका धनुषा जिल्ला अध्यक्ष विजय कुमार यादव घाइते भएका छन् । घाइते विजयको दाहिना पैतालामा गोलीको छर्रा लागेको छ ।
कमला नगरपालिका–८ बस्ने जनमत दलित संघका धनुषा जिल्ला उपाध्यक्ष ३६ वर्षीय नथुन विराजी यादवको कोखामा गम्भिर चोट लागेको छ ।
विदेह नगरपालिकाा–५ मुरिवा बस्ने ५१ वर्षीय जनमत दलित संघका धनुषा जिल्ला उपाध्यक्ष रामदयाल मुखियाको दाँहिने जाँघमा गम्भिर चोट लागेको छ ।

जनकनन्दनी गाउँपालिका–४ खजुरी चन्हा बस्ने २२ वर्षीय जनमत युवा ंसंघ धनुषा जिल्ला सचिव बैद्यनाथ साह घाइते हुनुभएको हो । उहाँको टाउको र दाँहिने जाँघमा चोट लागेको छ ।
सवैला नगरपालिका–१ मुसहरी टोल स्थाय घर भई जनकपुरधाम उपमहानगरपालिका–४ पिडरियामाई स्थान बस्ने ४६ वर्षीय जनमत एनआरएन संघका भूपु उपाध्यक्ष इन्जिनियर संजय साह घाइते हुनु भएको छ । उहाँको टाउँको र खुटटामा सामान्य चोट देखिएको छ ।
घाइते पाँचै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ । घाइते विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजय कुमार यादवले आफुहरु शान्तिपूर्ण आन्दोलन गरि रहँदा दिउँसो १ बजे हामी ३० जना जतिको संख्यामा राजमार्ग अवरुद्ध गरेर बसेको बताउनुभयो ।
आफुहरुले करिव एक घण्टा अवरुद्ध गरेपछि प्रहरीको टोलीले राजमार्ग खुलाउन दवाव दिदाँ आफुहरुले नमानेपछि एक्कासी प्रहरीले टियर ग्याँस र रवरको गोली प्रहार गरेको बताउनुभयो ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले राजमार्ग अवरुद्ध गरेपछि आफुहरुले पटक पटक राजमार्ग सुचारु गराउन आग्रह गर्दा पनि नमानेर अटेर गरेपछि ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्याँस प्रहार गरेको बताउनुभयो ।
जनमत पार्टीले किसानहरुलाई मल खाद्य दिनुपर्ने माग राख्दै पुस १५ गतेदेखि प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्ला अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् ।
