नवनिर्वाचित माओवादीको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै

नेकपा (माओवादी केन्द्र) को नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दैछ। आज दिउँसो ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा पहिलो बैठक बस्ने तय भएको हो।

केन्द्रीय कमिटीको बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। यही बैठकमा पोलिटब्युरो, स्थायी कमिटी चयन हुने सम्भावना रहेको पनि रहेको छ। आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनको बन्दसत्र हलमा २९९ सदस्यीय केन्द्रीय समितिका २३६ सदस्यको नाम प्रस्तुत गरेका थिए। केन्द्रीय सदस्य बनेका २३६ मध्ये १११ जना खुला केन्द्रीय सदस्य हुन्। कुल १४५ खुला सदस्यमध्ये ३४ जना पछि मनोनीत हुनेछन् ।

यसबाहेक माओवादीका विभिन्न क्लस्टरबाट चयन हुने थप १२५ केन्द्रीय सदस्यको टुंगो लागेको छ। कूल २९९ सदस्यीय केन्द्रीय समितिमा अब क्लस्टर अर्थात् समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बाँकी छ। उनीहरू अब केन्द्रीय समितिबाट मनोनीत हुनेछन्।

धेरै पढिएको

ताजा समाचार