• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

इन्सेककर्मी वरुण वस्याल युवाहरुको नेतृत्व विकासका लागि मासिक एक हजार कोषमा जम्मा गर्ने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १९, २०७८, ४:४२ PM
0
इन्सेककर्मी वरुण वस्याल युवाहरुको नेतृत्व विकासका लागि मासिक एक हजार कोषमा जम्मा गर्ने

जनकपुरधाम,०७८ पुस १९ गते । परिवर्तनका लागि युवा राष्ट्रको सम्मुनत विकासका लागि युवाहरुको अमूल्य योगदान हुन्छ भन्ने कुरामा कसैको दुइमत नहोला । सबै व्यक्तिहरू समाज सेवामा वा सुधारका निमित्त लाग्छन् भन्ने छैन र यथार्थतामा यो कुरा सम्भव पनि नहोला । समाजको रुपान्तरणका लागि लाखौं अरबौं अर्थको लगानी आवश्यक छैन भन्ने उदाहरण पाल्पा बगनासकाली ८ बराङ्दिका एक युवाले दिएका छन् ।

२०७३ सालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बेद माध्यमिक विद्यालयमा गठन गरेको वेद युवा समुहका संस्थापक एवम् वर्तमान अध्यक्ष वरुण बस्यालले समुदायका युवाहरुको नेतृत्व र क्षमता विकासका लागि युवा समूहको कोषमा आफ्नो आम्दानी मध्ये मासिक रु १००० जम्मा गर्ने घोषणा गर्नु भएको छ । यस कोषको रकमले समुदायका युवाहरुको नेतृत्व र क्षमता विकास गरी समाज र राष्ट्रको सकारात्मक परिवर्तन गर्न, समाजका विकृति र विसङ्गतिहरु विरुद्ध अभियानहरू सञ्चालन गर्न र सबैमा समाज सेवाको भावना विकास गराउन सहयोग पुर्याउने अध्यक्ष बस्यालले जानकारी गराउनु भएको छ ।

वर्तमान समयमा एकातर्फ युवाहरु मदिरा र लागुऔषधमा झुमिरहेका छन् भने अर्को तर्फ बस्याल समाज सुधारका निमित्त लाग्नु भएको छ । बस्यालले धेरै युवाहरुको मानसिकतामा परिवर्तन ल्याई समाज र राष्ट्रको समृद्धिका लागि युवाहरुमा सन्देश फैलाउन सहयोग पुग्ने उद्देश्यले यस्तो घोषणा गरेको जानकारी गराउनु भयो । प्रत्येक रोजगार व्यक्तिहरूले यसै गरी समाजको परिवर्तनका निमित्त लगानी गरेमा नेपाललाई सन् २०३० सम्म नयाँ आयाम दिन सकिने उहाँको भनाई छ ।

नेता वा राजनीतिकर्मीहरुलाई दोष प्रत्यारोप लगाउनुको सट्टा सबैले सुदृढ समाजको संकल्प लिएमा हरेक नेपालीको सुखी बन्ने सपना पुरा हुने उहाँको भनाइ छ । आगामी दिनमा उक्त कोषमा योगदान पुर्याउने संख्यामा वृद्धि गरी आर्थिक रूपले गरिब, विपन्न तथा सीमान्तकृत वर्गका बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउने, महिलाहरुलाई उद्यमशील बनाउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने, लागूपदार्थ मुक्त समाजको अभियान चलाउने तथा विपद् र महामारीको समयमा क्षतिग्रस्त परिवारहरूलाई सहयोग गर्ने योजना बारे उहाले जानकारी गराउनु भएको छ ।

यस महाअभियानलाई सफल बनाउन राष्ट्रका नागरिकहरुलाई उहाले आवहान समेत गर्नु भएको छ । उहाँ भन्नु हुन्छ, अब राजनीति र नेतृत्व गर्ने स्थानमा सक्षम युवाको उत्पादन गरी संसारलाई सन्देश फैलाउने छौं । यसका लागि वेद युवा समुह जस्ता थुप्रै समूहहरूलाई थप सक्रिय बनाउँदै लैजाने छौं ।

यस कार्यका लागि विना स्वार्थ जीवन्त समाज सेवाका लागि लाग्न आफू जस्तै अन्य युवाहरुलाई पनि उत्प्रेरणा प्रदान गरिने र नेपाल भर यो अभियानलाई सञ्चालन गर्ने योजना समेत उहाँले जानकारी गराउनु भएको छ । बस्याल हाल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयमा कार्यक्रम फोकल पर्सन रुपमा कार्यरत हुनुहुन्छ भने दिगो विकासका लागि लुम्बिनी प्रदेश युवा सञ्जालका संस्थापक एवम् वर्तमान अध्यक्ष समेत रहनु भएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In