
धनुषा,०७८ पुस २४ गते । जनकपुरधाम–१४ मुजेलियामा रहेको मणिपाल मेडिकल कलेजको भवनमा प्रदेश २ सरकारले तेस्रो चरणको कोरोना महामारी ओमिक्रोनलाई मध्यनजर गर्दै पुस २२ गतेदेखि अक्सिजन उत्पादन सुरु गरेको छ ।
प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्र्गत स्थापना गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोभिड विशेष अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरि अक्सिजन उत्पादन सुरु गरेको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरले अक्सिजन प्लान्टबाट दैनिक २५ देखि ३० सिलिण्डर सम्म अक्सिजन उत्पादन गरिने बताउनु भयो ।
कोरोना महामारीको समयमा विरामीहरुलाई सहजै अक्सिजन उपलब्ध गराउन नसक्दा अक्सिजन अभावकै कारण मृत्यु समेत हुने गरेकाले गर्दा आफनै प्लान्टबाट अक्सिजन उत्पादन गरिएको हो ।
कोरोना संक्रमित विरामीलाई अक्सिजनको अति आवश्यकता पर्ने भएकाले गर्दा तेस्रो चरणको महामारीलाई लक्षित गरि प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयले उपलब्ध गराएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरेको कोभिड विशेष अस्पतालका प्रमुख डा. जामुन सिंहले बताउनु भयो ।