• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सेवाग्राहीको विश्वास जित्दै, अब्बल बन्दै बर्दिवास अस्पताल

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २५, २०७८, १०:५७ AM
0
सेवाग्राहीको विश्वास जित्दै, अब्बल बन्दै बर्दिवास अस्पताल

दिपेन्द्र प्रसाद सिंह

बर्दिवास, ०७८ पुस २५ गते । महोत्तरी जिल्लाको शहरउन्मुख बर्दिवास नगरपालिकाको स्वामित्वमा संचालित बर्दिवास अस्पतालले सेवाग्राहीको विश्वास जित्नुको साथै अब्बल बन्दै गएको छ । अस्पतालले आफनो सेवा विस्तार गर्दै सेवाग्राहीको सन्तुष्टि नै हाम्रो सेवा भन्ने मुल मर्मलाई अंगिकार गरेका छन् ।


महोत्तरीबाट प्रतिनिधीसभा सदस्य चुनिएका पूर्व स्वास्थ्य र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अथक प्रयास र बर्दिवास नगरपालिकाको स्वामित्वमा संचालनमा बर्दिवास नगरपालिका–२ मा अस्पताल संचालन हुदै आएको छ । अस्पतालमा हाल एक जना एम डि जि पी डाक्टरसहित ८ जना मेडिकल अफिसर, ७ जना नर्स र ल्याव प्रावधिकहरुको कार्यरत छन् ।

बर्दिवास अस्पतालका एडिजिपी डाक्टर उदयप्रताप दिवाकरले विरामी सेवाग्राहीको समस्या बुझेर उपचार गर्दै


१५ वेडको क्षमता भएको बर्दिवासमा अस्पतालले प्रदान गर्दै आएको सेवालाई थप विस्तारका लागि चौतर्फी पहल समेत भई रहेको छ । अस्पतालमा २४ सौं घण्टा ओटिसहितको प्रसुती सेवा संचालन, २४ सौं घण्टा इजरजेन्सी सेवा, दैनिक १० देखि ३ बजेसम्म ओ.पि.डी सेवा, भिडियो एक्सरे सेव, डेन्टल सेवा, ओसिएमसि सेवा निकट भविष्यमा संचालनको तिव्र तयारीमा जुटेको बर्दिवास अस्पतालले पुस २४ गते प्रतिनिधीसभा सांसद, पूर्व शिक्षा विज्ञान तथा प्रविधी र स्वास्थ्यमन्त्रि गिरिराजमणी पोखरल, धुलिखेल अस्पतालका डाक्टर टिम र बर्दिवास नगरपालिका र स्थानियहरुविच अन्तरक्रिया समेत गरेका छन् ।

धुलिखेल अस्पतालका डा. विराज कर्माचार्यसंगै अस्पताल निरिक्षण गरेका पूर्वमन्त्रि पोखरेलले बर्दिवास अस्पताल जस्तै धुलिखेल अस्पताल समेत समुदायस्तरबाटै संचालन हुदै आएको र हाल दैनिक २ हजार भन्दा बढी विरामी सेवाग्राहीको सेवा दिदै आएकोमा सोको अब्बल र सकारात्मक पक्षलाइ अंगिकार गर्नुपर्ने बताए । उनले अस्पताललाई सवल, गुणस्तरिय सेवा र छिटो छरितोको साथै विरामीको विश्वासका लागि समेत डाक्टर टिमहरुको प्रतिर्वद्धता आवश्यक रहेको बताए । बर्दिवास अस्पतालको सेवा विस्तार, स्तरोउन्नती र जनशक्तिको साथै आवश्यकताहरुको परिपूर्तिका लागि आफनो साथ र सहयोग सदैव रहने बताए ।


हाल एम्बुलेन्स सेवा र डिजिटल एक्सरेलगायतको दैनिक ओपिडी सेवा र नर्मल डेलिभरी प्रसुती सेवा प्रदान गर्दै आएको बर्दिवास अस्पतालले निकट भविष्यमा सेवा विस्तार गराउन बर्दिवास नगरपालिकाका मेयर विदुर कार्की र बर्दिवास अस्पतालका अस्पताल निरिक्षक विनोद सिंह नेतृत्वको टोली एक हप्ता पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका निर्देशक दिपेन्द्र रमण सिंहलाई भेटेर ओटीसहितको प्रसुती सेवा विस्तारको लागि पूर्व स्विकृतको लागि अनुमति माग गरेका छन् । निर्देशकले सकारात्मक संकेतको साथै स्विकृतको लागि तदारुकता देखाउने आश्वासन पाएको बर्दिवास अस्पताल निरिक्षक विनोद सिंहले बताए ।

बर्दिवासका मेयर विदुर कार्की, बर्दिवास अस्पतालका निरिक्षक विनोद सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग टेकु ब्यबस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनी

दैनिक एक सय जना विरामीहरुलाई सेवा प्रदान गर्दै आएको बर्दिवास अस्पतालले दैनिक हजारौ विरामीहरुको स्वास्थ्य चेकजाँचको लागि अग्रसरता देखाएको अस्पतालका मेसु डा. विद्यानचन्द्र झाले बताए । बर्दिवास अस्पतालमा हाल नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम समेत लागु भएको छ । अस्पतालमा सस्तो दरमा औषधी उपलब्ध गराउन साझा सहकारीको औषधी पसल संचालनमा रहेको डा. सुनिल दाहाले बताए । उनले अस्पतालमा सेवा विस्तारका लागि भौतिक सम्पदाको उपलब्धता भएपनि दक्ष प्राविधिक र गुणस्तरिय सामाग्रीहरुको अपुग भएकाले यसतर्फ नगरपालिका र सरोकारवालाहरुले उपलब्ध गराएको क्रममा आफुहरुलाई काम गर्न सहज हुने बताए ।

अस्पताल क्रमिक रुपमा आफनो सेवा र सुविधामा थप गर्दै सेवा विस्तार गर्न अग्रसर रहेको बर्दिवास अस्पतालमा एमडिजिपी डाक्टर उदयप्रताप दिवागरले बताए । उहाँले अस्पतालमा २४ सौं घण्टा थप सेवाहरु विस्तार गर्न यहाँ उपलब्ध रहेको डाक्टर र नर्स टिमको साथै सरसफाईकर्मीहरुको अपुग देखिने भएकाले यसमा अस्पताल व्यवस्थापन समितीले वा नेपाल सरकारले दरवन्दी थप गरिनुपर्ने आवश्यकता देखिएको बताए । अहिले भएकै टिमलाई धुलिखेल अस्पतालको सहयोगमा प्राविधिक जानकारीको लागि तालिम र अध्ययनका लागि समुहमा पठाउने वा त्यहाँका दक्ष टिमलाई अस्पतालमै ल्याई यही प्रशिक्षित गर्न सकिने बताए ।

बर्दिवास अस्पतालका कर्मचारी, डाक्टर टिम र प्राविधिकहरुको लागि तालिम दिन र क्षमता अभिवृद्धिका लागि धुलिखेल अस्पतालले सक्दो सहयोग गर्ने धुलिखेल अस्पतालका डा. विराज कर्माचार्यले प्रतिवद्र्धता समेत जनाएका छन् । उनले काम गर्दै जाँदा आउने चुनौतीहरुलाई सामना गर्न र बर्दिवास अस्पतालको टिमलाई सहयोग गर्न धुलिखेल अस्पताल हरदम सहयोगी भुमिका निर्वाह गर्ने बताए ।

बर्दिवासका मेसु डा.विद्याचन्द्र झाले विरामी चेकजाँच गर्दै

बर्दिवासको मुख्यचोकभन्दा करिव २ किलोमिटर दक्षिण बर्दिवास औरही सडकखण्डमा करिव एक विगहा जग्गा अत्याधुनिक पक्की भवनमा १५ वेडको अस्पताल संचालन गर्ने क्षमता रहेको छ । खुल्ला र शान्त वातावरण संचालनमा रहेको बर्दिवास अस्पतालले अहिलेसम्म आफनो क्षमता र उपलब्धताअनुसार विरामीहरुको सेवा दिदै आएको अस्पताल व्यवस्थापन समितीका सदस्य माधव पोखरेले बताए । बर्दिवास अस्पतालले आफनो सेवा विस्तार गरेसंगै धनुषा, महोत्तरी, सलार्ही र सिन्धुलीका सर्वसाधारणहरु समेत लाभान्वित हुने विश्वास व्यक्त गरे ।


बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौत्तमले अस्पताललाई आवश्यक पर्ने साधन र स्रोत जुटाउन नगरपालिका अग्रसर रहने बताएकी छिन् । उनले भनिन हाम्रो पालिकाले संचालन गर्ने अस्पताल अन्य अस्पतालको तुलनामा भरपर्दो र छिटो छरितो सेवा भएको खण्डमा विरामी सेवाग्राहीहरुको संख्या आफै यसरी नै क्रमिक रुपमा बढ्दै जाने बताइन् ।

धुलिखेल अस्पतालका डाक्टर विराज कर्माचार्यले आफनो अनुभव र बर्दिवास अस्पताललाई गर्ने सहयोगबारे विचार राख्दै

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In