सहिद पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस

धनुषा,०७८ पुस २७ गते । सहिद पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाइदैछ । सिंहको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ ।


सिरहाको कल्याणपुर घर भई जनकपुरमा आफनो पत्रकारिता गर्दै आएकी उमा सिंहको २०६५ साल पुस २७ गते राति धारिलो हतियार प्रहार गरि विभत्स तरिकाले हत्या गरिएको थियो । जनकपुरधाम उपमहानगरपालिका¬¬ –१४ रजौलस्थित डेरामा रहेको वेला सुनियोजित तवरले पत्रकार सिंहको हत्या गरिएको थियो ।


पत्रकारिता क्षेत्रमा उदयमान प्रतिभा र निडर स्वभावकी उमालाई हत्या गरिनुमा उनकै भाउजुलगायतको सलग्नता रहेको अदालतले प्रमाणित गरि सकेको छ ।


उमा सिंहको हत्यामा पारिवारिक व्यक्तिहरुको सलग्नता देखिएपनि उनको हत्या भने पत्रकारिता क्षेत्रलाई समेत जोडेर हेरिएको छ । पत्रकारिता क्षेत्रमा आफनो पहिचान बनाउँदै गरेकी उमाको पत्रकारिता यात्रालाई विच बाटोमै रोक्न षडयन्त्र गरिएको थियो ।

धेरै पढिएको

ताजा समाचार