दीप प्रज्वलन गरि मनाइयो स्व. पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस

ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा स्वर्गीय पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस मनाएको छ ।

मिथिला नगर पत्रकार सञ्जाल ढल्केवरले मंगलबार साँझ ढल्केवरस्थित पार्कमा स्व. सिंहको तस्बिर अगाडि दीप प्रज्वलन गरी स्मृति दिवस मनाएका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा मिथिला नगर पत्रकार सञ्जालका पदाधिकारी, मगही भाषाका अभियानी फुलगेन महतो मगही, मिथिला उधोग बाणिज्य संघका उपाध्यक्ष सन्तोष महतो, दारी ग्याङ्ग प्रदेश २ का संयोजक देवराज घिमिरे, लाङ्घाली युवा क्लबका पदाधिकारी तेज थापा ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानका सदस्यलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार