• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मानवअधिकारकर्मीहरुको टोलीद्धारा सप्तरीको थुनुवा कक्ष अनुगमन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २८, २०७८, ७:५९ AM
0
मानवअधिकारकर्मीहरुको टोलीद्धारा सप्तरीको थुनुवा कक्ष अनुगमन

मनोहरकुमार पोखरेल

धनुषा,०७८ पुस २८ गते । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि सम्मिलित टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताहरूसँग पुस २४ गते भेटघाट गरी अनुगमन गरेको छ ।

अनुगमनको क्रममा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका जिल्ला नेताहरूको मानव अधिकारको अवस्थाबारे टोलीले जानकारी लिएको छ । अनुगमन टोलीसँग प्रहरी हिरासतमा रहेका थुनुवाहरूले आफूहरूलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको बताए ।

जनमत पार्टीले आह्वान गरेको बन्दलाई सफल पार्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदह सडकखण्डमा लाठीसहित प्रदर्शन र सवारीसाधन तोडफोड गरेको आरोपमा पुस १६ गते गिरफ्तार जनमत पार्टी सप्तरीका अध्यक्ष विष्णुपुर गाउँपालिका–७ का ५७ वर्षीय चन्देश्वर मण्डलसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले पुस १८ गते सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत उजुरी दर्ता गरेको छ ।

बन्द हड्तालका क्रममा पुस १६ गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह सडकखण्डमा को.१ ख ६९८३ नम्बरको टिपर र बा.१९च ५२९२ नम्बरको कारको सिसा तोडफोड भएको थियो ।

अनिश्चितकालीन बन्दको क्रममा भएको झडप, प्रदर्शन, गिरफ्तारी र आगजनी घटनाको अनुगमन गरेको टोलीले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग समेत भेटघाट गरी शान्तिपूर्ण तबरले नागरिकको अधिकार हनन् नहुने गरी आफ्नो गतिविधि गर्न अनुरोध गरेको इन्सेक प्रदेश २ संयोजक पासवानले बताउनु भयो ।

राजमार्ग अवरुद्ध नगरी वैकल्पिक माध्यमबाट शान्तिपूर्ण आन्दोलनको कार्यक्रम गर्न जनमत पार्टीसँग अनुरोध गरिएको जानकारी दिनुहुँदै प्रदेश संयोजक पासवानले एसपी अविनारायण काफ्लेसँग अत्यधिक बल प्रयोग नगर्न, मानव अधिकारको संरक्षण गर्न, गिरफ्तारीमा परेकाहरूलाई मानवोचित व्यवहार गर्न र नियन्त्रणमा लिइएको कार्यकर्ताहरूको मोटरसाइकल फिर्ता दिन अनुरोध गर्नु भयो ।

टोलीमा राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश २ कार्यालयका प्रमुख बिरबहादुर बुढा मगर, इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, एडभोकेसी फोरम प्रदेश २ का संयोजक राजकुमार महासेठ, थर्ड एलायन्स प्रदेश २ का संयोजक अर्जुन साह र इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल रहेका थिए ।

photo20220111saptari (2)

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In