• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

रेल्वेमा चोरी चोरी छुपके छुपके तालिम दिदै, पत्रकारलाइ प्रवेशमा रोक

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २९, २०७८, ८:३४ AM
0
रेल्वेमा चोरी चोरी छुपके छुपके तालिम दिदै, पत्रकारलाइ प्रवेशमा रोक

ध्रुबकुमार झा

जनकपुरधाम । नियम प्रक्रिया मिच्दै नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरंजन झाले मोटो रकमको चलखेल गरी दर्जनौ कर्मचारीहरुको भर्ना पक्रिया अगाडि बढाएको आरोप लगाइएको छ ।

गत भदौ महिनामा हटाइएका पुराना ७० जना कर्मचारीहरुसंग अन्याय गर्दै निर्देशक झाले नियम कानूनलाई समेत ताकमा राखी कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको पीडित कर्मचारीहरुले गुनासो गरेका छन् । नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा काममा खटाउने भनिएका १ सय ५१ जना मध्ये अन्य कर्मचारीहरु वैदेशिक रोजगारीमा गइसकेको र बाँकी ७० जनाले अहिले महाप्रबन्धक झाले मनोमानी गरी हटाएको पीडित कर्मचारीहरुले बताए । रेल्वे सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई तालिम दिन खोज्दा महाप्रबन्धक भट्टराईको पालामा तालिम लिएका र दुई दशक अघिदेखि नै रेल्वेमा काम गर्दै आएका दर्जनौ पुराना कर्मचारीहरु अन्यायमा परेका हुन् ।

बुधबारदेखि जनकपुरधाममा रहेको मत्स्य संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामको सभाकक्षमा महाप्रबन्धक झाले लुकी छिपी नयाँ भर्ना गरेको कर्मचारीहरुको तालिम सुरु गराएका छन् । महाप्रबन्धक झालाई तालिममा कति जना सहभागी छन भनेर टुडेकर्मीले तालिम स्थलमै गइ सोध्न र फोटो खिच्न खोज्दा प्रहरी प्रशासनको बल प्रयोग गराइ फोटो समेत खिच्न अवरोध सृजना गराएका छन् । उनको यस व्यवहारले कर्मचारी भर्नामा मोटो रकमको चलखेल गरेको आशंकालाई बल मिलेको छ । नियम कानूनको ठाडो उलंघन गर्दै झाले प्रति कर्मचारी दुइ लाखदेखि पाँच लाख सम्म रकम लिइ भर्ना गर्न लागेको स्रोतको दाबी छ । भौत्तिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र महाप्रबन्धक झा समेत सप्तरी जिल्लाकै रहेका छन् । जिल्लावासी मन्त्रीको शक्तिको दुरुपयोग गर्दै झाले मनोमानी तरिकाले कर्मचारी नियुक्ति गर्दै करोडौ रकमको चलखेल गरिरहेको आरोप पीडित कर्मचारीहरुले लगाए । कर्मचारीहरुको भर्ना गर्नु अघि सूचना जारी गर्नु पर्ने सामान्य सिद्धान्तलाई समेत लत्याउंदै उनले मनोमानी तरिकाले आप् mनो स्वकीय सचिव रंजीत झाको सहयोगमा रकम कमिशन खाएर मात्रै कर्मचारी भर्ना गरिरहेको आरोप लगाइएको छ ।

नेपाल रेल्वे कर्मचारी संघर्ष युनियन आवद्ध मंजय कुमार गोइतले दिएको जानकारी अनुसार विगतमा तत्कालीन महाप्रबन्धक भट्टराईले नियुक्त गरेका कर्मचारीहरुलाई हटाएर डेढ महिनाको तलब समेत नदिइ आप् mनै आसेपासेलाई कर्मचारीमा भर्ना गर्न लागेकोले हामी विरोधमा उत्रिन बाध्य भएको बताए । ‘सहायक स्टेशन मास्टर भइ २०५८ सालदेखि काम गर्दै आएको र रेल सेवा बन्द भएपछि जागिरबाट हटाइएको अनि २०७८ सालमा गुरु भट्टराईको पालामा फेरि भर्ना भइ तालिममा सहभागी भएको र काम गर्दै आएकोमा निरंजन झा रेल्वेमा आएपछि अचानक सबैलाई हटाएका थिए ,हामी अन्यायमा प¥यौ , हामीलाई तालिममा सहभागी भइ क्षमताको मूल्याँकन सम्मको मौका दिनु पर्छ नभए हामी कडा आन्दोलनमा उत्रिन्छौं ।’तालिम स्थलमा शान्तिपूर्ण धर्नामा सहभागी गोइतले भने ।

नेकपा समाजवादीका नेता माधव नेपालको कोटाबाट महाप्रबन्धकमा नियुक्त भएका झाले कर्मचारी भर्नामा कमिशनखोरी मात्र नभइ भारतीय कम्पनीका व्यक्तिहरुसंगको काममा समेत कमिशन माग्ने गरेको स्रोतको दाबी छ । पुराना कर्मचारीहरुले घुस नदिने सुइको पाएपछि झाले पुराना सम्पूर्ण कर्मचारीहरुलाई हटाएर नयाँ भर्ना गरी करोडौ कमाउने मनसायमा रहेको एक पीडित कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । झाका स्वकीय सचिव रंजीतले भर्ना हुन आउनेहरुसंग कमिशनको कुरा मिलाउने गरेका छन् । स्वकीय सचिवलाई खटाएर महाप्रबन्धक झाले लाखौं रकमको खेल गर्दै मुलुककै एक मात्र रेल्वे लाई बद्नाम गर्न लागिपरेको चियोचर्चोको विषय बनेको छ । रेल्वेका महाप्रबन्धक भइ आउने बित्तिक्कै झाले अन्य पूर्वाधार तथा रेल्वे सञ्चालनको कामलाई बिर्सेर आप्mना नजिकका व्यक्तिहरुलाई भर्ना गर्नमै अधिकांश समय व्यतित गरेको देखिएको छ । तालिम लिइरहेका नयाँ भर्ना भएका मध्ये अधिकांश सप्तरी जिल्लाकै कर्मचारीहरु रहेको स्रोतले जनाएको छ । नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाई जयनगर– कुर्था खण्डमा नियुक्त भएका कर्मचारीहरुलाई एक्कासी सूचना निकालेर नवनियुक्त महाप्रवन्धकले हटाएपछि उनीहरुले आफूहरुलाई पूनः समायोजन गर्न माग गरेका छन् ।

महाप्रबन्धक झाको मनोमानी विरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी समेत आन्दोलित कर्मचारीहरुले दिए । सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजीत गोइतले आफूहरुलाई कुनै जानकारी नै नदिइ महाप्रबन्धक झाले आफू अनुकूलका पार्टीका कार्यकर्ताहरुलाई नियुक्त गरी तालिम दिन लागेको आरोप लगाए । गोप्यरुपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरुलाई राख्नु आफूहरुका लागि असह्य रहेको उनले बताए । गोइतले आफूहरुले एक महिनाको तालिम लिएको र आफूहरुको भुक्तानी समेत बाँकी रहेको गुनासो पोखे ।

महाप्रबन्धक झाका स्वकीय सचिवले पुराना कर्मचारीहरुसंग समेत पैसा माग्ने प्रयास गरेको तर लामो समयदेखि वेरोजगार अवस्थामा रहेका पुराना कर्मचारीहरुले रकम दिन सक्ने हैसियत नभएपछि उनीहरुको व्यवस्थापन गर्नुको साटो हटाएर नयाँ व्यक्तिहरुलाई भर्ना गर्न लागिएको स्रोतले जनाएको छ । रेल्वे स्टेशनमै तालिम सञ्चालनको लागि थुप्रै ठाउँ हुँदा हुँदै पनि अन्य स्थानमा लुकिछिपी तालिम दिनुले महाप्रबन्धक झाले गरेको रकमको चलखेल लुकाउनु नै मुख्य अभिष्ट रहेको प्रष्ट भएको छ ।भारतको केआरसिएल कम्पनीका प्रशिक्षकहरुले ५५ जना कर्मचारीहरु कोरोना संक्रमणको त्रासको बीच बिना मापदण्डको पालना गरी तालिम दिन सुरु गरिएको छ । सो मध्ये ३० जना नेकपा एसका अध्यक्ष माधव नेपालको सिफारिशमा नियुक्त गरिएको छ भने २५ जना भौत्तिक पूर्वाधार तथा यातायात मन्त्रीको सिफारिसमा नियुक्त गरिएको स्रोतको दाबी रहेको छ । विश्वभरिनै कोरोना संक्रमणको त्रासको अवस्था सृजना भएको बेला रेल्वेका कर्मचारीहरुको जीवन समेत जोखिममा पारेर तालिमको आयोजना गरिएको छ । तालिममा सहभागी भएकाहरुले मास्क समेत नलगाएको ,कोरोनाको बेला अपनाउनु सामाजिक दूरी लगायतका कुनै पनि मापदण्ड पूरा गरेको देखिएको छैन ।

नयाँ नियुक्ति गरिएका कर्मचारीहरु गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको बुझिएको छ । गत वैशाखदेखि असार सम्म दुई चरणमा भएको तालिममा झण्डै नेपाल रेल्वेको १ करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । ती कर्मचारीलाई तालिम दिन भारतीय रेल कम्पनी कोर्कणले तालिम दिएको वापत ८० लाख र तालिममा सहभागी भएकाहरुमा ३५ लाख गरी प्रशासनिक खर्च बाहेक १ करोड १५ लाख खर्च भएको जनाइएको छ । कर्मचारी भर्नामा मात्र नभइ झाकै मनोमानीको कारण रेल्वे सञ्चालनमा समेत ढिलाइ भएको स्रोतले बताएको छ ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको छ । हाल सो रेल धनुषाको जनकनन्दिनी गाउंपालिकाको ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ । प्रबन्धक झाकै लापरवाहीको कारण रेलको लिकका क्लिप लगायतका सामानहरु समेत चोरी हुँदै आएको छ । यता महाप्रबन्धक झालाई पटक–पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल कमिशनको कारोबार गर्ने स्वकीय सचिव रंजीतले उठाउने गरेका छन् । रंजीत आधिकारिक अभिव्यक्ति दिने व्यक्ति नभए पनि महाप्रबन्धकको हैसियतमै कुरा गर्दै पत्रकारहरुलाई धम्काउने समेत गरेका छन् ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In