एजेन्सी, ०७८ पुुस २९ गते । भारत पश्चिम बंगालको जलपाइगुडीमा रेल दुर्घटना भएको छ। राजस्थानको बिकानेरबाट बिहारको पटना हुँदै गुवाहाटीको लागि हिँडेको बिकानेर–गुवाहाटी एक्सप्रेस भारतीय समयअनुसार करिब ५ बजे दुर्घटना भएको हो।
२४ मध्ये ६ वटा बोगी ट्र्याकबाट तल झरेपछि दुर्घटना भएको बताइएको छ। ट्र्याकबाट तल झरेको बोगीहरूमा कैयौं यात्रु फसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटनास्थलमा सुरक्षाकर्मीलगायतका टोली उद्धार कार्यमा जुटेको छ। घाइतेहरूलाई बोगीबाट निकालेर उपचारका लागि अस्पताल पठाउने काम भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। रेललाई साढे १२ बजे राति गुवाहाटी पुग्नुपर्ने थियो।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !