धनुषा,०७८ पुस ३० गते । बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित खानेपानी तथा सरसफाई उपभोत्ता समितीको छेठौ साधारणसभा शुक्रवार सम्पन्न गरिएको छ । उपभोत्ता समितीका अध्यक्ष रामशिष महतोको अध्यक्षता तथा प्रदेश २ सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रि शत्रुधन महतोको प्रमुख आतिथ्यतामा छेठौ साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा उपभोत्ता समितीका कोषाध्यक्ष दिनेश कुमार महतोले आर्थिक वर्ष ०७७ र ०७८ मा ३८ लाख ७४ हजार ६ सय ७६ रुपैयाको कारोवार भएको आय व्यय प्रस्तुत गरेका थिए । समितीले यस आर्थिक वर्षमा ९७ हजार ६ सय ७४ रुपैया खुद नाफा समेत गरेको छ । समितीले उपभोत्ता माथि ५ हजार भन्दा बढी महसुस तिर्नु पर्ने रकम ३ लाख ६० हजार २ सय ७३ रुपैया बाँकी रहेको उपभोत्ता समितीका सचिव लक्ष्मण महतोले बताए ।
समितीका अध्यक्ष रामशिष महतोले २०७८÷०७९ मा समितीको कार्यालयका लागि एक कठठा जग्गा खरिद गर्नुपर्ने, एक थान डिप बोर्डिग निमार्ण गर्नुपर्ने, नयाँ हेड टयांकी निमार्ण गर्नुपर्नेलगायतको प्रस्तावित कार्यक्रम रहेको बताए ।

समितीलाई प्रदेश २ सरकारका वर्तमान उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रि शत्रुधन महतोले १२५ केभीको आफनो संसदीय कोषबाट जेनेरेटर प्रदान गरेका छन् भने बटेश्वर गाउँपालिका वडा नं. १ बाट करिव ३ लाख ४५ हजार रुपैया सहयोग प्राप्त भएको बताए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीबाट टंकी मर्मत भोलचेम्वर निमार्णबाट ढलान पाइप जडानका लागि २६ लाख ६५ हजार २ सय ४२ रुपैया अनुदान प्राप्त भएको अध्यक्ष रामशिष महतोले बताए ।
कार्यक्रममा प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रि शत्रुधन महतो, बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिला देवी सिंह, वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतो, माओवादी केन्द्रका प्रदेश २ सदस्यद्धय तारा देवी महतो र रामकुमार महतो, माओवादी केन्द्र बटेश्वर गाउँपालिका अध्यक्ष पदम लामा, नेपाली काग्रेस पालिका अध्यक्ष रामचन्द्र महतो, नेकपा एमालेका बटेश्वर गाउँपालिका अध्यक्ष रामखेलावन महतो, जसपाका नेता राजकिशोर महतो, पूर्वप्रधान रामचन्द्र महतो, माओवादी केन्द्र बटेश्वर गापा १ का अध्यक्ष रामचन्द्र महतो , नेपाली काग्रेसका बटेश्वर गाउँपालिका वडाध्यक्ष सुरज महतो, पूर्व गाविस उपाध्यक्ष काग्रेसका नेता अशोक कुमार महतो, काग्रेसका नेता रामउदगार महतो, नेकपा एकिकृत समाजवादीका नेता अशोक कुमार सिंह, नथुनी कुशवाहा, प्रताप महतो, सुर्यपुडासैनीलगायत नेताहरुले आ आफनो शुभकामना मनतब्य राख्दै खानेपानी उपभोत्ता समितीले वर्षेनी साधारणसभा राखेर आय व्यय प्रस्तुतीकरण गरेकोमा धन्यवाद दिएका थिए ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !