
धनुषा,०७८ पुस ३० गते । नेकपा एकिकृत समाजवादीका नेता तथा प्रदेश २ सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रि शत्रुधन महतोले सुख्खा ग्रस्त क्षेत्रका जनतारुको लागि स्वच्छ खानेपानी घर घरमा पुप्याउन आफनो सदैव सहयोग रहने धारणा व्यक्त गर्नुभएको छ ।
बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित खानेपानी तथा सरसफाई उपभोत्ता समितीको छेठौ साधारणसभाका प्रमुख अतिथी रहेका मन्त्रि महतोले उपभोत्ता समितीमार्फत संचालनमा रहेको खानेपानीको धाराबाट ६ सय घरपरिवार लाभान्वित हुनु र घर घरमा सुविधाजनक रुपमा स्वच्छ खानेपानीको सेवा प्रदान गर्दै आएकोमा समितीलाई धन्यवाद समेत दिनुभयो ।
मन्त्रि महतोले यस उपभोत्ता समितीले आफना सेवाग्राहीबाट लिदै आएको सेवा शुल्क र अनुदानबाट प्राप्त गर्ने गरेको रकमबाट जनताको घर घरमा खानेपानी पुप्याउने महान लक्ष्य र उद्धेश्य परिपूर्तिका लागि आफनो साथ र सहयोग सदैव रहने बताउनुभयो । उहाँले विगतमा समेत यस उपभोत्ता समितीलाई सहयोग गरेको र गत आर्थिक वर्षमा समेत करिव १३ लाख रुपैया बरावरको १२५ केभी क्षमताको जेनेरेटर आफनो संसदीय कोषको रकमबाट सहयोग गरेको स्मरण गर्नुभयो ।
उहाँले आउने दिनमा तपाइले प्याकेजमा खानेपानीको पाइप लाइन विस्तारलगायत आवश्यक योजना लिएर आउन आग्रह गर्नुभयो । उहाँले मिथिलानगरपालिकाको ढल्केवरदेखि बटेश्वर गाउँपालिकाको कार्तिककुँवर बजारसम्मको ५ किलोमिटर कालोपत्रे सडक गर्न बहुवर्षीय योजनामार्फत कामको थालनी गरिने बताउनुभयो । उहाँले बटेश्वर गाउँपालिकाको लवकुश मंदिर र कार्तिक कुँवर मंदिरलाई समेत व्यवस्थित र स्तरोन्नतीका लागि पहल गर्ने बताउनुभयो ।
