प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित

धनुषा,०७८ माघ ३ गते । प्रदेश २ को सभाको माघ ३ गते बसेको बैठकबाट प्रदेशको नाम “जनकपुरधाम” र नाम “मधेश प्रदेश” बहुमतले पारित गरिएको छ । प्रदेश २ सभामा १०४ जना सांसदमध्ये माघ ३ गतेको बैठकमा सहभागि ९९ जना सांसदमध्ये ७८ जनाले सांसदले स्थाय राजधानी जनकपुरको पक्षमा मतदान गरेको प्रदेश २ सभाका सचिव रंजित कुमार यादवले बताउनुभयो ।


प्रदेश २ को नाम मधेश प्रदेशको पक्षमा ८० जना सांसदले मतदान गरेका हुन् । प्रदेश २ को राजधानी “जनकपुरधाम” र नाम “मधेश प्रदेश” जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रको मधेश प्रदेश नाम प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन थियो ।


नामको लागि चारवटा नाम प्रस्ताव भएको छ । नेकपा एसले जानकी प्रदेश, काँग्रेसले मिथिला भोजपुरा प्रदेश र काँग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गर्नुभएको थियो ।


प्रदेश २ को नाम र स्थाय राजधानी प्रदेश २ सभाबाट पारित भएपछि खुशीयाली प्रदेश २ सरकारले माघ ४ गते प्रदेश २ मा सार्वजानिक विदाको घोषणा गरेको प्रदेश २ सरकारका अर्थमन्त्रि शैलेन्द्रप्रसाद साहले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार