
धनुषा,०७८ माघ १२ गते । डा. सिके राउत नेतृत्वको जनमत पाटीका कार्यकताहरुले माघ १२ गते जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि आक्रमण गरेको छ । जलेश्वर अस्पतालका डाक्टर साहको दाँत भाचिएको छ ।
जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा किसान आन्दोलन गर्दै आएका जनमत पार्टीका कार्यकर्ताहरुले लाठी र भाटासहित प्रदर्शन गर्ने क्रममा डा. साहमाथि आक्रमण गरेका हुन् । जनमत पार्टीका कार्यकर्ताहरुले डा. साह सवारमा सरकारी गाडी प्रदेश २ ०२ ००१ झा ०१६३ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।
जनमत पार्टीका कार्यकताहरुले गरेको आक्रमणबाट डा. साहको मुखमा गम्भिर चोट लागेको छ । डा. साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ । डा. साहको ओठमा आठ ओटा टाँका लगाइएको छ ।
दिपेन्द्रप्रसाद सिंह