• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जानकी आँखा अस्पतालमा अनियमितता सघर्ष समितीको आरोप

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ७, २०७६, ५:३६ PM
0
जानकी आँखा अस्पतालमा अनियमितता सघर्ष समितीको आरोप

दिपेन्द्रप्रसाद सिंह,
०७६ पुस ७ गते ।
नेपालकै निकै पुरानो श्री जानकी आँखा अस्पतालमा अनियमतिता भई रहेको सघर्ष समितीले आरोप लगाएका छन् । श्री जानकी आँखा अस्पताल सुधार सघर्ष समिती, जनकपुरधामले सोमवार पत्रकार सम्मेलन गरेर आँखा अस्पतालमा भई रहेको अनियमितता रोक्न तथा अव्यवस्थालाई व्यवस्थित गरि आँखा अस्पतालको गरिमा बचाउन माग गरेका छन् । सघर्ष समितीका अध्यक्ष श्यामसुन्दर झाले अस्पताल सुधारका लागि विभिन्न ८ बुन्दे माग समेत राखेका छन् ।
जानकी आँखा अस्पतालमा विद्यानविपरित मेडिकल डायरेक्टरको नियुक्ती हुदै आएकाले एमडि डाक्टरलाई डायरेक्टरको रुपमा नियुक्ती गर्न माग गरेका छन् । सघर्ष समितिका अध्यक्ष झाले अस्पतालमा मेडिकल डाइरेक्टर एमडी हुनुपर्ने प्रावधान रहेपनि डिप्लोमा डिग्री मात्रै योग्यता रहेको हेमशंकर झालाई पटक पटक सोर्स फोर्सको आधारमा कयौं वर्षदेखि करारमा मेडिकल डाइरेक्टरकोे रुपमा मासिक ५ देखि ६ लाख रुपैया खाने गरि नियुक्त गर्दै आएको आरोप लगाएका छन् ।
आँखा अस्पतालले गर्दा सयौ घरपरिवार अस्पताल वरिपरि प्रत्यक्ष रुपमा विभिन्न पसलबाट रोजगारी पाएका छन् भने अस्पतालमा समेत ५० देखि ६० जनाको परिवारले रोजगारी पाएको तर अहिले अस्पतालको गरिमामाथि आँच आउने गरि व्यवस्थापन पक्षले अस्पताललाई धरासाही बनाउन लागेको सघर्ष समितीका उपाध्यक्ष मनोज कुमार शर्माले आरोप लगाएका छन् । अस्पतालमा व्यवस्थापन पक्षको कमजोरी तथा आन्तरिक किचलोका कारण चेकजाँच गराउन आउने विरामीहरुको संख्या दिनप्रतिदिन घट्दै आएको दावि गरेका छन् ।
अस्पतालमा विरामीहरुलाई प्याकेजमा अप्रेशन गर्ने नाममा ठगि समेत गर्दै आएको सघर्ष समितीले आरोप लगाएका छन् । प्याकेजको नाममा उल्लेख गरेअनुसारको औषधी विरामीलाई नदिने गरेको सघर्ष समितीले दावि गरेका छन् । अस्पतालमा अप्रेशन गर्ने फेको मेसिनको आवश्यकता रहेको वेलामा मेडिकल डायरेक्टरले समितिको मिलोमतोमा विलासिताका लागि करोडौको गाडी खरिद गरेको आरोप लगाए । अस्पतालको गाडि निजी कार्यमा प्रयोग गर्दै आएको सघर्ष समितीले खुलासा समेत गरेका छन् ।

श्री जानकी आँखा अस्पताल सुधार सघर्ष समिती, जनकपुरधामले सोमवार पत्रकार सम्मेलन गर्दै


सघर्ष समितीले २०६५ सालमा तत्कालिन सघर्ष समिती र जानकी आँखा अस्पताल प्रशासनविच भएको सम्झौताअनुरुप अस्पतालको व्यवस्थापन समिती गठन गर्न समेत माग गरेका छन् ।
८ बुन्दे माग राखेर सोमवार अस्पतालका सभापति डा.विजय सिंहलाई ज्ञापनपत्र बुझाएका सघर्ष समितीले आफुहरुको माग ७ दिन भित्र पुरा गर्न माग राख्दै मुख्यमन्त्रि तथा मन्त्रिपरिषद प्रदेश २, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र नेपाल रेडक्रस सोसाइटीलाई बोधार्थ पठाएका छन् । ज्ञापन पत्र बुझदै सभापति सिंहले आफुहरुले बोर्डको बैठकमा ज्ञापनपत्रबारे छलफल गर्ने बताएका छन् ।

डा. हेमचन्द्र झा


यता, अस्पतालको मेडिकल डाइरेक्टरको लागि अयोग्य रहेको आरोप लागेका डा. हेमचन्द्र झाले आफूमाथि संघर्ष समितिले लगाएको सम्पूर्ण आरोपहरु निराधार रहेको दावि गरेका छन् । उनले आफू मेडिकल डाइरेक्टर हुन पाउने योग्य रहेको र अस्पताल प्रशासनको आग्रहमा आफु करारमा डायरेक्टर नियुक्त हुदै अस्पतालको उन्नती र प्रगतिको लागि काम गर्दै आएको बताएका छन् । उनले मेरो आवश्यकता बुझेर मलाई डायरेक्टरमा नियुक्त गरेको छ, तर अहिले आफु २०१९ डिसेम्वर १९ बाट करारनामा समाप्त भएपनि व्यवस्थापन पक्षकै आग्रहमा अस्पतालमा आउने गरेको दावि गरेका छन् ।
जानकी आँखा अस्पतालका प्रशासकीय अधिकृत दिपेन्द्र कुमार सिंहले अस्पतालमा दैनिक ५ सय देखि ६ सयसम्म बिरामीहरुले सेवा लिदै आएको जानकारी दिएका छन् । उनका अनुसार अस्पतालमा दैनिक ४ सय देखि ५ सयसम्म बिरामीले ओपिडी सेवा लिदै आएका छन् भने ४० देखि ५० जना बिरामीको सर्जरी हुदै आएको छ । नेपाल रेडक्रस सोसाइटीले सन् १९८२ मा स्थापना गरेको श्री जानकी आँखा अस्पतालमा स्थापनाकालदेखि अहिले सम्ममा २० लाख ३ हजार १ सय ६८ जनाले ओपिडी सेवा लिएका छन् भने १ लाख ७१ हजार ४ सय ३७ जनाले शल्यक्रिया गराएका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In