• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनमत पार्टीका ६ जना कार्यकता गिरफतार, प्रहरीद्धारा ४२ सेल अश्रुग्याँस प्रहार, ४ प्रहरी,सांसद, डाक्टर, इन्जिनियर, मेयर, उपमेयर प्रहरी र सवारी चालक घाइते

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १२, २०७८, ५:३२ PM
0
जनमत पार्टीका ६ जना कार्यकता गिरफतार, प्रहरीद्धारा ४२ सेल अश्रुग्याँस प्रहार, ४ प्रहरी,सांसद, डाक्टर, इन्जिनियर, मेयर, उपमेयर प्रहरी र सवारी चालक घाइते

दिपेन्द्रप्रसाद सिंह

धनुषा,०७८ माघ १२ गते । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरि जनमत पार्टी धनुषाले जनकपुरधाममा माघ १२ गते गरेको लाठी जुुलुस प्रदर्शनको क्रममा ४ जना कार्यकतालाई जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफतार गरेको छ । सरकारी गाडीमा तोडफोड गरको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले सप्तरीको बोदेबरसाइन नपा–१ बस्ने १८ वर्षीय अर्जुन साह, महोत्तरीको एकडारा गापा–४ बस्ने ३५ वर्षीय राम विदेही पासमानलाई गिरफतार गरिएको छ ।


जनमत पार्टीका कार्यकता धनुषाको औरही गापा–५ बस्ने ३० वर्षीय विलेश मण्डल, सप्तरीको कंचनरुपा नगरपालिका–१ बस्ने २८ वर्षीय पप्पु पंजियार, सप्तरीको तिलाठीकौलारी गापा–२ बस्ने ३१ वर्षीय सुशिल कुमार मण्डल र सिरहाको सुखीपुर नपा–४ बस्ने २२ वर्षीय जिवछ यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफतार गरेको हो ।

जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओम विक्रम कुशवाहाको नेतृत्वमा जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकबाट सुरु भएको रयाली उग्ररुप लिदै राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन जनकपुर आएका प्रदेश सांसद, विभिन्न पालिकाका मेयर र उपमेयरहरुको सरकारी गाडीलाई लक्षित गरि आक्रमण गर्ने क्रममा जनमत पार्टीको कार्यकताहरुलाई गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपक कुमार रायले बताउनुभयो ।


सयौंको संख्यामा जनकपुरको विभिन्न चोकमा जनमत पार्टीका कार्यकताहरुले आक्रमक रुपमा प्रदर्शन गरेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले ४२ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरीले भैरवचोकमा १९ राउण्ड अश्रुग्याँस, रामचोकमा ९ राउण्ड अश्रुग्याँस र पिडारीचोकमा १४ राउण्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपक कुमार रायले बताउनुभयो । भिडलाई नियन्त्रण गर्ने क्रममा इन्स्पेक्टर अवधेश कुमार यादव, प्रहरी इन्स्पेक्टर बेचन यादव, प्रहरी जवान नवराज रेग्मी, सई विनोद पासवान घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपक कुमार रायले बताउनुभयो ।


जनमत पार्टीद्धारा सरकारी गाडीमा तोडफोड
जनमत पार्टीले जनकपुरमा माघ १२ गते गरेको आन्दोलनमा सरकारी गाडीलाई लक्षित गरि तोडफोड गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकमा सिरहाको सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादव सवार बा.२ झ.२३१६ नम्बरको गाडीमा तोडफोड गरेको छ । गाडीको अगाडी र बाँया साइडको सिसा फुटाइएको छ । रामानन्दचोकमा जलेश्वर अस्पतालका प्रमुख डा. सतिश कुमार साह सवार प्रदेश २–०२–००१ झ. ०१६३ नम्बरको गाडीमा तोडफोड गरिएको छ । गाडीको अगाडी र पछाडिको सिसा फुटाइएको छ । गाडीमा सवार डाक्टर साहको ओठ र मुखमा गम्भिर चोट लागेको छ । डा.सतिश साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ । डा. साहको दाँत भाँचिएको छ ।


जनकपुरधाम उपमहानगरपालिका–३ जानकी मंदिर छेउमा सडक विभाग कार्यालय मुजेलियाका इन्जिनियर बेचन कुमार भण्डारी सवार बा.२ झा ३२२० नम्वरको गाडीमा तोडफोड गरिएको छ । गाडीको अगाडी भागको सिसा फुटाइएको छ ।


सलार्हीका प्रदेश सांसद अशोक यादव सवार प्रदेश २–०२–००१ झ.००१८ नम्बरमा तोडफोड गरिएको छ । गाडीको अगाडी र पछाडिको सिसा फुटाइएको छ । सांसद यादवको दाँहिने हाँत भाचिएको छ । उहाँको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा उपचार भई रहेको छ ।
गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मिना कुमारी यादव सवार २–०२–००१ झ.००८० नम्बरको गाडीमा तोडफोड गरिएको छ । तोडफोडको क्रममा उपमेयर यादवको आँखामा सिसा परेको छ । उहाँको जानकी आँखा अस्पतालमा उपचार गराइ रहेको उपमेयर मिना यादवले बताउनुभयो । गाडी चालकको धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर बस्ने लक्ष्मी कुमार यादवको हाँतमा चोट लागेको छ । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइएको छ ।

सलार्ही जिल्लाको हरिवन नपाका मेयर सवार २–०३–००१ झ.००२० नम्बरको गाडीमा तोडफोड गरिएको छ । गाडीमा सवार मेयर गणेश प्रसाई र उपमेयर रेणुका पौडेल घाइते हुनुभएको छ । सलार्हीको कविलासी नपाका मेयर सवार ना.१ झ.१६७४ नम्बरको गाडीमा तोडफोड गरिएको छ । गाडीको सिसा फुटाइएकोे छ । गाडी चालक सलार्हीको कविलासी नपा–९ बस्ने ४० वर्षीय संजिव कुमार रायको पाखुरामा चोट लागेकोले उहाँको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा उपचार भई रहेको छ ।


लाहान नगरपालिकाका मेयर मुनि साह सुडि सवार गाडीमा समेत तोडफोड गरिएको छ । मेयरसंगै गाडीमा जनकपुर रिर्पोटिगका लागि आएका सिरहाका पत्रकार जिवछ यादवका अनुसार लहान नगरपालिकाका मेयर सवारमा गाडीमा पिडारीचोकमा जनमत पार्टीका कार्यकताहरुले तोडफोड गरेको हो । गाडीको अगाडी र पछाडिको सिसा फुटाइएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In