• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मन्त्रालय सार्न तगेदा खेप्दै आएका मधेश सरकारले जग्गा खोजी गर्दै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १४, २०७८, १०:०५ AM
0
बम बिस्फोटका मृतकलाई ३ लाख र घाइतेलाई डेढ लाख दिने प्रदेश सरकारको निर्णय


धनुषा,०७८ माघ १४ गते । वर्षौदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको भौतिक सम्पदा उपभोग गर्दै आएका मधेश सरकारले आफनो नाम पाएलगतै आफनै घर बनाउने अभियानमा लागेका छन् । केन्द्र सरकारअन्तर्गत जिल्ला प्रशासन कार्यालय धनुषाको स्वामित्वमा रहेका जनकपुर चुरोट कारखानाको भौतिक सम्पदाहरु उपभोग गर्दा मधेश प्रदेश सरकारलाई पटक पटक मन्त्रालय सार्न तगेदा आई रहेको छ ।


कारखाना पुनः संचालन गर्ने नाममा मधेश सरकारले नाम र स्थाय राजधानी नपाएसम्म आफनो भवन बनाउन कानुनी अडचनका कारण अपहेलना सहदै आएका थिए । तर, नाम र राजधानी पारित भएलगतै मधेश प्रदेश सरकारले आफ्नै प्रशासनिक भवन, आवास, मातहत कार्यालयसहितको स्थायी संरचना खडा गर्न तदारुक्ताका साथ उपयुक्त जग्गाको खोजीमा जुटेको छ ।

प्रदेश सरकार, प्रदेश प्रमुखको कार्यालय, सरकारकोआवास समेत रहेको जनकपुर चुरोट कारखाना परिसरको भवनलाई प्रदेश सरकारले नै ‘मधेस भवन’ नामकरण गरेको छ । केही अस्थायी संरचना पनि प्रदेश सरकारले मधेस भवनभित्रै बनाएको छ । तर सो जग्गा प्रदेश सरकारको नाममा आइसकेको छैन ।


प्रदेशसभा सचिवालय पनि जनकपुरधामको शैक्षिक तालिम केन्द्रमा छ । सो भवन पनि प्रदेशसभा सचिवालयले आधिकारिक रूपमा प्राप्त गर्न सकेको छैन ।

स्थायी राजधानी कायम नहुँदासम्म प्रदेश सरकारले स्थायी संरचना बनाउन नसक्ने कानुनी जटिलता छ । त्यसकारण प्रदेश सरकार पुरानै भवन मर्मतसम्भार गरी बस्न बाध्य भएको हो । आफ्नै भवन अभावमा प्रदेश सरकार मातहतका थुप्रै कार्यालय भाडाका घरमा राखिएका छन् । चार वर्षपश्चात् बल्ल स्थायी राजधानी र प्रदेशको नाम कायम भएपछि आफ्नै स्थायी भवन बनाउन मधेस प्रदेश सरकारलाई बाटो खुलेको हो ।


माघ ३ यता प्रदेश सरकारले ३ ठाउँमा जग्गा हेरिसकेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । उपयुक्त स्थानमा कम्तीमा ३÷४ बिघा गुठी, ऐलानी वा सार्वजनिक जग्गा खोजीमा प्रदेश सरकार लागेको छ । सो क्रममा जनकपुरधामको प्रदेशसभा भवन अगाडि पोखरीछेउमै रहेको गुठीको जग्गा, कुवारामपुरमै एयरपोर्टभन्दा दक्षिण ७ बिघा जग्गा र मिथिला नगरपालिकाको ढल्केवर नजिक ५० विगहा सार्वजनिक जग्गामा मन्त्रालय बनाउन प्रस्ताव आएको मन्त्री साहले बताए ।


‘हेरिएको जग्गा सम्भावित छ । राजधानी सीमाभित्रै अझै जग्गा हेर्न क्रम जारी छ’, उनले भने । जनकपुरधाम राजधानी सीमाभित्र पर्नेगरी जग्गाको खोजी जारी राखिएको हो। जनकपुरधाम राजधानीअन्तर्गत उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिणमा नेपाल भारत सीमा छन् । छनोट गरेर अध्ययन प्रतिवेदन तयार गर्न एक हप्ताभित्रै विज्ञ टोली गठन गर्ने तयारी छ।

‘एक हप्ताभित्रै जग्गा छनोट र प्रतिवेदनका लागि विज्ञ टोली गठन गर्ने हाम्रो तयारी छ। कुन जग्गा उपयुक्त हुन्छ। त्यसमा कहाँ प्रशासनिक भवन, कहाँ प्रदेश प्रमुखको भवन, कहाँ प्रदेशसभा भवन, कहाँ आवासलगायतको संरचना निर्माण गर्ने विषयमा विज्ञ टोलीले प्रतिवेदन तयार गर्ने छ’, मन्त्री साहले भने, ‘त्यसपछि डीपीआर तयार गरिनेछ।’

डीपीआर तयारपछि अगामी आर्थिक वर्षमा सो कामको लागि बजेट विनियोजन गर्ने सरकारको तयारी छ । यसअघि नै प्रदेश सरकारले आर्थिक वर्ष २०७६र०७७ मा आफ्नो प्रशासनिक भवन खडा गर्न जग्गा खरिदका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, स्थायी राजधानी टुंगो नलाग्दा बन्न सकेन । आर्थिक वर्ष २०७८र०७९ मा पनि प्रदेश सरकारले भवन निर्माण तथा जग्गा खरिदका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

संरचना अभावमा प्रदेशस्तरीय अधिकतर निकाय स्थापना हुन सकेका छैनन् । जसले गर्दा एकातर्फ जनतालाई प्रदेश सरकारले प्रत्यक्ष रूपमा सेवा प्रवाह गर्न सकिरहेको छैन भने अर्कातर्फ जनताले प्रदेश सरकारबाट सेवा सुविधाको अनुभूति गर्न सकेका छैनन् । आफ्नै स्थायी संरचना बनेपछि हालको मधेस भवनलाई के गर्ने विषयमा प्रदेश सरकार निर्णयले गर्ने मन्त्री साहले बताए ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In