
नेकपा एमाले नगर कमिटी द्धारा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको छ ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित नगर अधिवेशन संयोजक महेन्द्र यादवको अध्यक्षता र ने.क.पा. एमाले केन्द्रिय सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका जसपा पार्टीका मेयर प्रत्यासी उमेदवार सुखदेव यादव र वडानम्बर ६ वार्ड प्रत्यासी विनोद गुप्ता लगायत हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले नगर कमिटीको विशेष पहलमा नेपाली काँग्रेस, राजपा र जसपा बाट हजारौं नेता कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्यूनिस्ट पार्टी एमालेमा प्रवेश गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर पुरानो सुर्ती विकासको मौदानमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई ने.क.पा. एमाले केन्द्रिय सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठले टिका लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी महासेठ नवप्रवेशीहरुलाई स्वागत गर्दै आउनेदिनमा नवप्रवेशी सँग अनियाई हुँदैन उहाँहरुको योगता र क्षमताको अधारमा पार्टीले जिमेवारी दिने प्रतिवद्धता जनाउनुभएको थियो । अहिले नेकपा एमालेमा प्रवेश गर्नेको लहर सुरु भइसकेको छ कारण अहिले देशलाई सहिबाटो तिर लग्न र जनताको हितमा कामगर्ने नेकपा एमाले बाहेकको विकल्प छैन । त्यस्तै कार्यक्रममा उपस्थित विशिष्ठ अतिथी जुली कुमारी महतो, मिथिला नगरपालिकाका नगर प्रमुख हरिनरायण महतो, वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्वर वहादुर राउत लगायतका वक्ताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्दै आज जुन रुपमा विभिन्न पार्टी प्रत्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ यस्ले आउने दिनमा क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेको जित सुनिचित रहेको बताउनु भयो । नवप्रवेशी क्षि.न.पा. मेयरका प्रत्यासी उमेदवार सुखदेव यादव क्षिरेश्वरनाथ नगरपालिकामा रहेको विक्रीतीहरुलाई हटाउनको लागी नेकपा एमाले बाहेकको विकल्प नरहेको ले हामी हजारौंको संख्यामा प्रवेश गरेका छौं र यस पार्टीमा मेहनत गरेर अगाडी बढछुँ र आँधी विहार जस्तो नगरको परिवर्तन हुने विश्वास लिएको बताउनु भयो ।
कार्यक्रममा अतिथी वटेश्वर गाउँपालिका अध्यक्ष डम्बर वहादुर राउत, मिथिला नगरपालिका नगर प्रमुख हरिनरायण महतो, मिथिला विहारी नगरपालिका प्रमुख अनिल यादव, नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य अनिल चौधरी, प्रदेश कमिठि सदस्य मनोज खडका, पूर्व जिल्ला सभापति राम चलितर साह, जिल्ला कमिटि सदस्य नगर संयोजक महेन्द्र यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष श्याम किशोर यादव, वडानम्बर ७ का वडाअध्यक्ष राम किशुन यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ देखि १० सम्मका नगर संयोजक, नेकपा एमाले नेता ललित साह, संजय साह, राजु गुप्ता पार्टि कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको उदघोषक्ष नेपाल खेलकुद प्रदेश नम्बर २ का संयोजक कमल किशोर चौधरीले गरेका थिए ।