
धनुषा, ०७८ माघ १७ गते । धनुषाको मिथिला नगरपालिकास्तरिय नगर बाल संजालको अध्यक्षमा दिवेश कुमार महतो सर्वसम्मत चयन भएका छन् । मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ढल्केबर धनुषाको आयोजना तथा मिथिला नगरपालिकाकी उपमेयर तारा बस्नेत लामा बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा मिथिला नगर बाल संजालको पुर्नगठन गरिएको हो ।
दिवेश कुमार महताको अध्यक्षतामा १५ सदस्यीय नगर संजालको कार्यसमिती चयन गरिएको छ । संजालको उपाध्यक्षमा आरती कुमारी साह, सचिव अमित कुमार महतो, सह–सचिव आयुषा विक, कोषाध्यक्ष अस्मिता कुमारी सिंहलाई चयन गरिएको छ । संजालको सदस्यहरुमा विद्या कुमारी महतो, इन्द्रजित कुमार महतो, हरिचन्द्र कुमार साह, मनिष कुमार महतो, विभा कुमारी महतो, पुर्णिमा लामा, संगीता कुमारी महतो, शिशिर नेपाली, कृष्ण कुमार महतो, राजु कुमार महतो चयन भएका हुन् ।

नगर बाल संजालको संरक्षकमा मिथिला नगरपालिका महिला बालबालिका ज्येष्ठ नागरिक शाखाका अधिकृत मिलन देवी श्रीवास्तब र भगवती गजुरेल, पूर्व नगर युवा संजालका अध्यक्ष राजु कुमार सिंह, अंकित कुशवाहा, मिथिला नगर बाल संजालका पुर्व कोषाध्यक्ष अनिषा कुमारी महरा, र इन्दु सिंहलाई चयन गरिएको छ ।
नवगठित कार्यसमितिकालाई शुभकामना दिदै नगर उपप्रमुख र महिला बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रदेश अधिकृत संजिब महतोलगायतका अतिथिहरुले बाल संजाल र बालबालिकाको संरक्षण र संवद्र्धनसम्बन्धी कानुनी कुराहरु समेत व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा मिथिला नगरपालिका की उपमेयर तारा लामा बस्नेत, मिथिला नगरपालिका महिला बालबालिका ज्येष्ठ नागरिक शाखा ढल्केबर धनुषाको संयोजक मिलन श्रिवास्तब, शाखा प्रतिनिधि भगवती गजुरेल, महिला बालबालिका शाखा प्रदेश अधिकृत संजिब महतो, मिथिला नगर युवा संजाल को अध्यक्ष राजु कुमार सिंह, खानेपानी तथा सरसफाई का नगर समिति सदस्य कल्पना कडारी,महिला अधिकारकर्मी बिना कडारी, लाइफ नेपाल संस्था बाट मनिसा आले, रेडक्रस सोसाइटी का धनुषा जिल्ला प्रतिनिधि रामनाथ महतो, मिथिला नगर बाल संजाल का पुर्व अध्यक्ष अंकित कुशवाहा, बालबालिका खोजतलास (१०४) संस्थाका प्रतिनिधि कमलेश महतो लगायत विभिन्न वडाबाट बाल क्लब प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।