७ अर्व भारतीय रुपैया नेपाललाई अनुदान दिने : भारतीय बजेट

एजेन्सी, ०७८ माघ १८ गते । भारतीय सरकारले वर्षेनी रुपमा दिदै आएको अनुदानलाइ यस वर्ष समेत निरन्तरता दिने भएको छ । भारतीय सरकारले आव २०२२÷०२३ को बजेटमै नेपाल सरकारलाई दिइने अनुदान रकम छुटयाएको छ ।

माघ १८ गते भारतीय सरकारले लोकसभामा पेश गरेको बजेटमा भारतले नेपाललाई १२ अर्ब नेपाली रुपैया अर्थात ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान दिने भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सितारमणले लोकसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०२२÷२३ को बजेटमा उल्लेख छ ।


भारतले नेपाललाई विगतमा प्रदान गरेको अनुदान रकम घटाएका छन् । गत वर्ष भारत सरकारले १५ अर्ब रुपैयाँ नेपाली रुपैया विनियोजन गरेका थिए, पछि त्यसलाई घटाएर १० अर्ब ४० करोड रुपैयाँ नेपाल सरकारलाई प्रदान गरेको थियो ।


आर्थिक वर्ष २०१९÷०२० मा सबैभन्दा बढी १९ अर्ब २० करोड रुपैयाँ अनुदान दिएको थियो । २०२०÷२१ मा नेपाललाई १४ अर्ब ४० करोड रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।


भारतले भुटानलाई सबैभन्दा बढी अनुदान दिएका छन् । भुटानलाई २४ अर्ब ९६ करोड रुपैयाँ अनुदान दिनेगरी बजेट विनियोजन गरिएको छ ।
भारतीय अर्थमन्त्री सितारमणले १ सय ६ खर्ब ८० अर्ब भारतीय रुपैयाँको बजेट लोकसभामा प्रस्तुत गरेकी थिइन् ।

धेरै पढिएको

ताजा समाचार