
धनुषा,०७८ माघ २१ गते । धनुषासहित देशभर रातिदेखि मौसममा आएको परिवर्तनसंगै बेमौसमी हावाहुरीले धनुषाका २ बालकको ज्यान लिएको छ । माघ २१ गते विहानैदेखि तिव्र गतिमा चलेको हावाहुरीले धनुषाको सबैलामा दुई बालकको ज्यान गएको हो ।
सवैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा सोही ठाउँ बस्ने ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु विद्यालयका प्रधानाध्यापक बैजु साहले बताउनुभयो । उहाँले विद्यालय बन्द रहेको अवस्थामा बालबालिका खेल्न गएको अवस्थामा घटना भएको हुन सक्ने अनुमान गरेको बताउनुभयो ।
उहाँले विद्यालयको पठन पाठन बन्द रहेको वेलामा विद्यार्थीहरु खेल्न गएको अवस्थामा विद्यालयकै प्रागनमा रहेको रुख ढल्दा च्यापिएर मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिनुभयो ।
रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको एसपी रजौरेले बताउनुभयो । दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइदैछ ।