मधेश प्रदेशका ३२ हजार फरक क्षमताका नागरिकलाई खोप लगाइने

धनुषा, ०७८ माघ २१ गते । मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहत जिल्लाका घरघरमा पुगेर फरक क्षमताका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने कार्यक्रम सामाजिक विकास मन्त्रालय मधेश प्रदेशले माघ २१ गतेदेखि सुरु गरेको छ ।


नेपाल सरकारले आगामी चैतसम्ममा शत प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइ सक्नुपर्ने लक्ष्य अनुसार मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयको साझेदारीमा स्थानीय सरकारीमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, शारीरिक रुपमा अशक्त र फरक क्षमता भएका नागरिकलाई घरघरमै पुगेर सहज रुपमा खोप लगाउने कार्यक्रमको सुरुवात गरेको हो ।

सामाजिक विकास मन्त्रालयले चार जिल्लाका ३२ हजार फरक क्षमताका नागरिकलाई खोप लगाउन आड्रा नेपालले सहयोग गर्ने आड्रा नेपालका निर्देशक डा. घनश्याम भट्टले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार