काब्या हस्पिटलको लापरवाहीले जुम्ल्याहा बच्चासहित आमाको निधन

धनुषा,०७८ माघ २६ गते । जनकपुरस्थित काब्य हस्पिटल प्रा.लि.ले विरामीसंग चर्को रकम असुली गरि रहेको आरोप लाग्दै आएको बेलामा अस्पतालमा कार्यरत चिकित्सकहरुले लापरवाही गरेको छ । चिकित्सकहरुकै लापरवाहीका कारण जुम्ल्याहा बच्चासहित आमाको मृत्यु भएको पीडित परिवारजनले आरोप लगाएको छ ।


जनकपुरधाममै सवैभन्दा बढी विरामीसंग रकम असुली गर्दै आएको काब्या हस्पिटलमा पटक पटक विरामी मार्ने काम हुदै आएको पीडित परिवारहरुको आरोप छ ।


धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुर बस्ने २५ वर्षीया मुर्सरफ खातुनको अप्रेशन पश्चात्त चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको हो । खातुनलाई प्रसुती व्यथा लागेर हस्पिटल पुग्दा जुम्ल्याहा शिशु रहेकाले अप्रेशन गर्नुपर्ने चिकित्सकहरुको सल्लाहमा पीडित परिवारले सोही हस्टिपलमा भर्ना गराएको बताउनुभयो ।

अप्रेशनकै क्रममा एक बच्चा र अर्को बच्चाको आइसियुमा उपचारको क्रममा मृत्यु हुनुको साथै जन्म दिने आमा मुर्सरफ खातुनको बुधवार विहान चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको पीडित परिवारको आरोप छ ।


खातुनको अप्रेशनमा हस्पिटल संचालक रहेकी डा. सोनिया सिंह , डा. मुकेश गामी, डा. विनय महासेठले सलग्न रहेको हस्पिटलले जनाएको छ । बच्चाद्धयसहित आमाको मृत्यु भएपछि आक्रोशित परिवारजनले अस्पतालमा विरोध गर्नुको साथै हस्पिटलमा तोडफोड गरेका छन् ।
काव्या हस्पिटलका सञ्चालक डाक्टर एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको दावी गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार