• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जाँचबुझ आयोगसम्बन्धी विद्येयक पारित, प्रदेश प्रहरी ऐनबारे संकल्प पेश

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
माघ २७, २०७८, ९:३५ AM
0
राजपा अध्यक्ष मण्डलका शिर्ष ३ नेता दिल्लीको भ्रमणबाट फर्के लगतै प्रदेश २ मा नयाँ समिकरणको सरकार बन्ने

धनुषा,०७८ माघ २७ गते । मधेश प्रदेशमा बलात्कार, सामाजिक अपराध, मानवअधिकार उल्लघंनलगायतको घटनामा छानविन गर्न जाँचबुझ आयोग प्रदेशसभाबाट माघ २६ गते सर्वसम्मत रुपमाा पारित गरिएको छ । जाँचबुझ आयोगको गठन सम्बन्धी विद्येयक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा पेश गरेको विधेयक माथि छलफल पश्चात सर्वसम्मतले पारित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जीत यादवले जानकारी दिनुभयो ।


मधेश प्रदेशमा हुने सार्वजनिक महत्वको घटना, महिला हत्या, बलात्कार, मानवअधिकार उल्लघंनसंग सम्बन्धित घटना, अपराध लगायत घटनामा जाँच बुझ आयोगले अनुसन्धान गर्ने छ । तर उक्त घटनाको विषयमा संघीय सरकारले छानबिन गर्न समिति गठन वा गर्न चाहेको घटनामा भने जाँच बुझ आयोगले उक्त घटनाको अनुसन्धान नगर्ने विद्येयकमा उल्लेख छ ।

आयोगले अनुसन्धानको क्रममा कसैसँग सोधपुछ वा जानकारी लिन चाहेको खण्डमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समन्वय गर्नु पर्नेछ । आयोगको अनुसन्धानमा कुनै व्यक्ति कसुर देखिएमा वा लगाइएको आरोपको प्रमाण भेटिएमा आयोगले तत्काल निलम्बनको लागि सिफारिस गर्ने विद्येयकमा उल्लेख छ ।


जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धित विषयका विज्ञ सहित अन्य बढीमा दुईजना सदस्य रहने व्यवस्था गरिएको छ । आयोगका लागि जनशक्ति र बजेटको व्यवस्था भने प्रदेश सरकारले गर्ने विद्येयकमा उल्लेख छ ।

आयोगका पदाधिकारीको कार्यकालको म्याद तथा आयोगका नियमावली, कार्यविधि सरकारले बनाउने विद्येयकमा उल्लेख छ ।


प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव पेश
मधेश प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले माघ २६ गते प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश गर्नुभएको छ ।


प्रदेशसभामा संकल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न सघीय सरकारलाई दबाब दिने उद्देश्यले सो सङ्कल्प ल्याएको बताउनुभयो । मधेश प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा सघीय सरकारले अवरोध गरेकाले प्रदेशसभामा सङ्कल्प प्रस्ताव ल्याएको मन्त्री साहले बताउनुभयो ।

आफूले संविधान पाए पनि मधेशको दृष्टिकोणले पूर्ण संविधान नपाएको उल्लेख गर्दै मन्त्री साहले संविधानले अधिकारको अनुसूचीमा पहिलो नम्बरमा सुरक्षाको अधिकारको जिम्मा प्रदेश सरकारलाई दिएको भनिए पनि सङ्घीय सरकार यी अधिकार दिन नचाहेकाले सङ्कल्प प्रस्ताव ल्याउनुपरेको बताउनुभयो ।

सम्बन्धित समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग
राष्ट्रिय

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

२०७९/१२/१०
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
राष्ट्रिय

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

२०७९/१२/१०
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश
राजनीतिक

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

२०७९/१२/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In