रौतहट,०७८ माघ २७ गते । रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नं. ९ मा एक जना महिलाको शव फेला परेको छ। रौतहट जि. ईशनाथ नगरपालिका वडा नं. ९ मा बस्ने कलाम मियाको छोरी चाँदनी खातुनकाे हत्या गरेर लौतना र मठीयाको पर्ने चौरिको गहुँमा खेतमा फालिएका अवस्थामा शव भेटिएका छन् ।
कसैले बलात्कार गरि हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महिलाको मुखमा कपडा चोरिएको छ । शवलाई प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको छ । उक्त घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय रौतहटको प्रमुख बिनोद घिमिरेले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !