
धनुषा,०७८ माघ २७ गते । बलात्कार घटनाबाट छोरा जन्माएकी २० वर्षीया युवती निहारिका सिंह आफु र आफनो बच्चालाई सुरक्षा चुनौती थपिएको बताएकी छिन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ¬३ बस्ने २३ वर्षीय शिवराज श्रेष्ठले आफुलाई विवाहको प्रलोभन देखाई, ललाई फकाई बलात्कार गर्दा गर्भवती भई छोरा जन्माएको घटना जिल्ला अदालत धनुषाले नजर अन्दाज गर्दै आफुमाथि अन्याय भएको बताएकी छिन् ।
जिल्ला अदालत धनुषाका न्यायधिश परसुराम भटटराइले आरोपितलाई माघ २४ गते सफाई दिएको निर्णय गरेका हुन् । बलात्कारपछि युवती गर्भवती भई छोरा पाएको अवस्थामा समेत अदालतले आरोपितलाई कारवाही गर्नुको साटो आरोपितको मनोवल उच्च गर्ने खालको निर्णय भएकाले महिला अधिकारकर्मीहरु समेत आन्दोलित भएका छन् ।

पीडित निहारिकाले आफुमाथि अन्याय भएको छ, आरोपितले पीडा भएको वेलामा अदालतले झन पीडामा घाउ थपेको गुनासो गर्दै आफुले न्याय नपाए अदालत अगाडी नै आत्मदाह गर्ने चेतावनी समेत दिएकी छिन् । पीडितले बच्चाको डिएनए चेकको समेत माग गरेकी छिन् ।
पीडित जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकु कुमारी यादवले बहस गरेकी थिइन् । अधिवक्ता यादवले आफनो जाहेरीवाली निर्णय भएको दिन आउन नसकेको भन्दै अदालतमा पेशी स्थगित गर्न माग गरेकी थिइन् । तर अधिवक्ताको मागलाई वेवास्ता गरिएको छ । प्रतिवादीको तर्फबाट श्याम कुमारी मिश्र र प्रदीप मिश्रको वहस गरेका हुन् ।