बच्चा अपहरण गरेको आरोपमा तीन जना गिरफतार

धनुषा,०७८ माघ २७ गते । जनकपुरधाम उपमहानगरपालिका–६ महाराज टोल बस्दै आएकी मोहम्द अमिर राइनका ७ महिने छोरा अख्तर राइनलाई अपहरण गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरिया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर–४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले माघ २७ गते गिरफतार गरेको छ ।


महाराज सागर पोखरीको डिलमा ६ वर्षीया दिदि एलिजा खातुनले ७ महिने भाइलाई खेलाई रहेको बेला आरोपित मनिषा देवी मुखियाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई अख्तर राइनलाई लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

बच्चालाई अपहरण गरि जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगाशिवपुरको पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फार्मको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा आरोपितहरुलाई गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरले बताउनुभयो । सकुशल उद्धार गरिएको बालकलाई वुवा अख्तर राइनको जिम्मा दिएको छ ।

गिरफतार भएका आरोपित तीनै जना उपर अपहरण तथा शरिर बन्धकसम्बन्धी शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको एसपी बसन्त रजौरेले माघ २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको आयोजना गरि आरोपितहरुलाई समेत सार्वजानिक गर्नुभयो ।

धेरै पढिएको

ताजा समाचार