धनुषा,०७८ माघ २८ गते । मधेश प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले माघ २८ गते साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिनुभएको हो ।
फागुन १ गते जनयुद्ध दिवसको अवसरमा जनयुद्धकालिन सहिद परिवारलाई सम्मान स्वरुप ३ लाख नगदको पहिलो पटक एक लाख रुपैया दिने घोषणा गरेका हुन् ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !