
धनुषा,०७८ फागुन १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले मधेशको समस्या समाधानको लागि आफुले आफनो पुरा शक्ति लगाउने प्रतिवद्र्धता जनाएका छन् ।
अध्यक्ष प्रचण्डले मधेशमा नागरिकता समस्यादेखि लिएर विकास निमार्णका कार्यहरुका लागि आफु जहिले पनि सकारात्मक रहदै आएको बताउँदै आफुले मधेशको विकास र समस्या समाधान गर्न पुरा शक्ति लगाउने उदघोष गर्नुभयो ।
उहाँले अहिले देशमा चुनाव घोषणा र एम सिसिको लाई लिएर सत्ताशिन पार्टीहरुको विचको गठबन्धन टुट्ने अनुमान गरेको र केही शक्तिले गठबन्धन तोड्न निकै अग्रसर भएपनि सत्ता गठबन्धन नटुटने विश्वास व्यक्त गर्नुभयो ।
२७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयले जनकपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले ३८ सहिद परिवारलाई एक लाख रुपैयाको दरले आर्थिक सहयोग गर्नुभएको हो ।
आन्तरिक मामिला तथा संचार मन्त्रि भरतप्रसाद साहको अग्रसरतामा गठित मधेसी सहिद प्रतिष्ठानको तर्फबाट सहिद परिवारलाई तीन लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा अनुसार पहिलो चरणमा एक लाख रुपैयाको दरले आर्थिक सहयोग गरिएको हो ।