११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

धनुषा, ०७८ फागुन २४ गते । ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते धनुषामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूले संयुक्त रूपमा ¥याली र सडक नाटकसहित सम्पन्न भएको छ ।


‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मधेश प्रदेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय जनकपुरधाम, राष्ट्रिय मानव अधिकार आयोग, ओरेक नेपाल, नेपाल प्रहरी, लगाएतका सङ्घसंस्थाहरूले संयुक्त रूपमा जानकी मंदिरबाट ¥यालीको आयोजना गरि जनकपुरको रेल्वे स्टेशनमा पुगेर कोणसभा गरेका हुन् ।

जानकी मंदिरमा बाल हिंसा न्युनिकरणसम्बन्धी जनचेतनामुलक सडक नाटक र रेल्वे स्टेशनमा समेत महिला हिंसासम्बन्धी जनचेतना मुलक नाटक प्रस्तुतीकरण गरिएको थियो ।

धेरै पढिएको

ताजा समाचार