प्रादेशिक अस्पताल क्रमिक रुपमा सुधार हुदै मुख्यमन्त्रि राउतको धारणा

धनुषा । ०७६ पुस ८ गते
प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतले जनकपुरस्थित प्रादेशिक अस्पताल क्रमिक रुपमा सुधारोन्मुख भएको बताएका छन् । गरिव असहाय संरक्षण मंच धनुषाले आयोजना गरेको वृहत्त सरसफाई तथा स्वच्छता अभियानअन्तर्गत कार्यक्रममा बोल्दै मुख्यमन्त्रि राउतले अस्पताललाई सौन्दर्यकरण गर्नुपर्ने आवश्यकता छ । अस्पताल पहिले भन्दा अहिले धेरै सरसफाइको सवालमा राम्रो भएको छ । यस अस्पतालमा निरन्तर सरसफाई गर्दै सौन्दर्यकरण गर्दै अगाडी बढ्नुपर्ने अस्पताललाई सुझाव दिएका छन् ।


गरिव असहाय संरक्षण मंच धनुषाका अध्यक्ष समाजसेवी बैद्यनाथ साहको नेतृत्वमा अस्पताललाई निरन्तर रुपमा सरसफाई गरिदै आएको छ । अस्पताललाई सौन्दर्यकरण गर्नका लागि संरक्षण मंचले फुल समेत अस्पतालका मेसु डा। नागेन्द्र यादवलाई हस्तान्तरण गरेका छन् ।

सरसफाई कार्यक्रममा प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र कुमार झा, महिला अधिकारकर्मी सुभद्रा आले, संजु यादव, मंचका सचिव मनोज साह र सरसफाई अभियानी दिपक ठाकुर, कमला बचाउ अभियानी विक्रम यादवलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीहरुको सहभागितामा सरसफाई गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार