
धनुषा । ०७६ पुस ९ गते ।
नेपाल ट्रेड युनियन ब्युटिसियन संघ कांग्रेस धनुषाले जनकपुरस्थित जानकी वृद्धाश्रममा खाद्यान्न सामाग्री प्रदान गरेको छ । नेपाल् तरुण दल धनुषाको समन्वयमा ब्युटिसियन संघ धनुषाका अध्यक्ष रिंकु साहको नेतृत्वमा नेपाली काग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्यमा जानकी बृद्दाश्रममा खाद्यान्न सामग्री प्रदान गरेका हुन् ।

जानकी बृद्धाश्रममा खाद्यान्न सामग्री चामल, दाल, आटा, खाने तेल, चियापती, बिस्कुट, चिनीलगायतका सामग्री प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश नं.२ का उपाध्यक्ष रामदेव पंजियार, धनुषा अध्यक्ष महाबिर दास, नेपाली कांग्रेस धनुषाका नगर अध्यक्ष मनोज साह, वडा नं.५ का अध्यक्ष मनोज साह, नेपाली कांग्रेस धनुषाका नेता जिबनाथ चौधरी, काग्रेसका युवा नेता प्रफुल्लराज घिमिरे, निलम कर्ण, रितेस गुप्ता, आशुतोष झा, महाबिर युवा कमिटीका पुर्व अध्यक्ष प्रमोद साह, जनकपुर युथ क्लबका अध्यक्ष रोहित ठाकुर, नेबिसंघ धनुषाका पुस्पेन्द्र गोइत,सुजित यादव, नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहको उपस्थिती रहेको थियो ।