धनुषामा बलात्कारको प्रयास गर्ने यादव गिरफतार

धनुषा । ०७६ पुस ११ गते ।
धनुषाको औरही गाउँपालिकामा २५ वर्षीय महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा स्थानिय ३५ वर्षीय रामकुमार यादवलाई प्रहरीले गिरफतार गरेको छ ।
खेतमा घाँस काटिरहेकी एक महिलामाथि बलात्कारको प्रयास गरेको भन्दै पुस ११ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएपछि प्रहरीले आरोपित यादवलाई गिरफतार गरेको हो ।
खेतमा घाँस काटिरहेका बेला ३५ वर्षीय गाउँकै छिमेकी रामकुमार यादवले बलात्कारको प्रयास गरेको आरोप महिलाले लगाउनुभएकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अपराध तथा अनुसन्धान शाखाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले महिलाले उजुरी दर्ता गराएपछि आरोपित यादवलाई प्रहरीले पुष ११ गते नियन्त्रणमा लिएको बताउनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार