रौतहट जिप दुर्घटना : मृत्यु हुनेको संख्‍या ५ पुग्‍यो

रौतहट : रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिप शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका-३ ओखरेडा नजिक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जँदै गरेको ना१ज ३४३३ नं को शिखरापुर टाटा सुमो अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको थियो। मृत्यु हुनेहरूमा चन्द्रपुर नगरपालिका-४ का केदारनाथ तिमलसिना, चन्द्रपुर— ४ कै मनिष बिक उनकी श्रीमती सृजना बिक, नेत्रबहादुर बिक र उनकी श्रीमतीको मृत्यु भएको शिखरापुर टाटा सुमो काउण्टर चन्द्रनिगाहपुरका इन्चार्ज सन्तोष थापाले जानकारी दिए।

मृतक नेत्र बिक र उनकी श्रीमती सिराह निवासी हुन्। उनीहरु मृतक मनिष बिकका सानीआमा र सानुबुबा हुन्। भेटघाटको लागि उनीहरु चन्द्रनिगाहपुर मनिषको घर आएका थिए। अन्य ४ जना घाइतेलाई उपचारका लागि काठमाडौतर्फ पठाइएको छ। सो टाटा सुमोमा चालकसहित ९ जना सवार थिए।

धेरै पढिएको

ताजा समाचार