
धनुषा । ०७६ पुस १३ गते
प्रदेश २ सरकारले धनुषाको महेन्द्रनगरमा मङ्सिर २७ गते राति बम विस्फोट घटनामा परेर मृत्यु भएका प्रति मृतकलाई ३, ३ लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । बम बिस्फोटमा परेर घाइते भएकाले एक लाख पचास हजार रुपैया उपलब्ध गराउने प्रदेश २ को पुस १३ गते बसेको मन्त्रिपरिषदको सम्पन्न बैठकले निर्णय गरेको हो ।
बम विस्फोट घटनामा परेर राजेश साह, आनन्द साह र प्रहरी इन्स्पेक्टर अमिर कुमार दाहालको मृत्यु भएको थियो । बम विस्फोटमा परेर अञ्जनी साह, भिखारी साह, प्रकाश साह र प्रहरी जवान रिजनाथ महतो गम्भिर घाइते भएका छन् । बम विस्फोटमै परेर अन्य ३ जना सामान्य घाइते भएका थिए ।
बम विस्फोट घटनाको भोलिपल्ट मङ्सिर २८ गते घटनास्थलको निरिक्षण गरेर पिडित परिवारलाई भेट्दै प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतले पीडित परिवारलाई राहत र घाइते हरुलाई उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
दिपेन्द्रप्रसाद सिंह