चिकित्सक संघको केन्द्रिय कार्यसमिती चयनका लागि जनकपुरसहित देशभरको १७ निर्वाचन केन्द्रमा मतदान हुदै

०७६ माघ ४ गते । दिपेन्द्रप्रसाद सिंह

नेपाल चिकित्सक संघको केन्द्रिय कार्य समितीको लागि जनकपुरसहित देशभर एक साथ मतदान भई रहेको छ । शनिवार विहान १० बजेदेखि सुरु भएको निर्वाचन अन्तर्गतको मतदान वेलुका ५ बजेसम्म र आइतवार विहान पुनः १० बजेदेखि बेलुका ४ बजेसम्म हुने जनकपुरका निर्वाचन अधिकृत डा.नागेन्द्र यादवले जानकारी दिएका छन् ।
नेपाल चिकित्सक संघको देशभर ९ हजार ९ सय १६ जना मतदाता रहेका रहेका छन् । जनकपुर शाखामा धनुषा, महोत्तरी र सलार्हीका ४ सय जना सदस्य रहेको डा.रामज्ञान यादवले जानकारी दिएका छन् । संघको १३ सदस्यीय नव कार्यसमितीको लागि २ प्यानलमा ७ जना पदाधिकारी र ६ जना सदस्यहरुको उम्मेदवारी परेको छ ।


चुनावको क्रममा काग्रेस समर्थित प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा डा. लोचन कार्की, वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा.अनिल विक्रम कार्की, सचिवमा डा.बद्री रिजाल, सह सचिवमा डा. निरज कुमार सिंह, कोषाध्यक्षमा डा.प्रकाश बुढाथोकी, सह कोषाध्यक्षमा विश्वराज द्धिवेदी रहेका छन् । प्रजातान्त्रिकको तर्फबाट सदस्यहरुमा डा. विक्रान्त ढकाल, डा.विपेश आचार्य, डा.नन्द कुमारी गुुरुङ्ग, डा.प्रमोद जोशी र डा.संजिव तिवारी रहेका छन् ।


नेकपा कम्युनिष्ट र मधेशवादी दलहरुको संयुक्त प्यानलबाट पेशागत समावेशी समुहको तर्फबाट अध्यक्षमा डा. पुष्पमणि खनाल, वरिष्ठ उपाध्यक्षमा डा.रक्षा श्रेष्ठ,उपाध्यक्षमा डा.रन्जित कुमार झा, सचिवमा डा. मधुर बस्नेत, सह सचिवमा डा. शैलेन्द्र झा, कोषाध्यक्षमा संजिव कुमार झा, सह कोषाध्यक्षमा डा.उदय नारायण रहेका छन् । पेशागत समावेशी समुहको तर्फबाट सदस्यहरुमा डा.दिपक प्रसाद कोइल, डा.जगदिश चन्द्र विष्ट, डा.ल्यासन महर्जन, डा.राकेश कुमार साह, डा. सुमन काफले र त्रिभुवन चन्द्र रहेका छन् ।


प्रादेशिक अस्पताल जनकपुरमा मतदान भई रहेको छ । मतदान केन्द्रका अधिकृत डा.नागेन्द्र यादवका अनुसार जनकपुरमा ४ सय मतपत्र प्राप्त भएको छ बताउँदै आइतवारसम्ममा ३ सय २५ सम्म मतदान हुने अपेक्षा रहेको बताए । उनले भने उपत्यका वाहेक देशभरको १७ निर्वाचन केन्द्रमा मतदान भई रहेको छ । काठमाण्डौमा १७ र १८ गते मतदान भएपछि देशभरबाट संकलन गरिएको मतपत्र एकै ठाउँमा राखेर १८ गते साँझदेखि मतगणना हुने बताए ।

धेरै पढिएको

ताजा समाचार