सभामुखको निर्वाचन तालिका सार्वजनिक

०७६ माघ ६ गते ।

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन् ।

उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर बैठकलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह ३ बजे बस्नेछ ।

मंगलबार उम्मेदवारी दर्ता

संघीय संसद् सचिवालयले आजै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ । संसद् भवनमा बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मंगलबार अपराह्न २:३० बजे उम्मेदवारको नामवली प्रकाशन गरिने छ ।

धेरै पढिएको

ताजा समाचार