
धनुषा, ०७६ माघ १४ गते ।
प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले राज्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।
प्रदेश सरकारमा राजपाबाट राज्यमन्त्रीको हैसियतमा सहभागी झाले मंगलबार राजीनामा गरेकी हुन् । उनले मंगलबार दिउँसो एक पत्र सार्वजनिक गर्दै राजीनामा गरेको जनाएकी छन् ।
पत्रमा लेखिएको छ, ’प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदिय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु ।’ प्रदेश सरकारको कामबाट सन्तुष्ट नरहेको भन्दै राजीनामा गरेको प्रतिक्रिया न्यूज ब्यूरोलाई झाले दिइन् ।