
धनुषा, ०७६ माघ २२ गते ।
प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यका साथ प्रदेश २ का १०७ सांसदलाई प्रदेशसभा सचिवालयले ल्यापटप प्रदान गर्ने भएको छ । प्रदेशसभाले प्रत्येक सांसदलाई दिने भनिएको १०७ वटै ल्यापटप खरिद भई प्रदेशसभाको स्टोर दाखिला भई सकेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिएका छन् ।
प्रदेशसभालाई ‘पेपरलेस’ बनाइनुको साथै फजुल खर्च कम गर्न भन्दै प्रदेशसभाले सांसदहरुलाई ल्यापटप दिन लागेको छ । पेपरलेस बनाएर सांसदहरुको हात हातमा ल्यापटप दिएपछि प्रदेशसभामा टेवुल हुने विधेयकलगायतको अन्य काम सफटकपी पेन ड्राइभ वा इमेलमार्फत सासदहरुलाई अध्ययनका लागि प्रदान गरिने जसले गर्दा प्रदेशसभालाई वार्षिक ५ करोड रकमको बचत हुने सभामुख यादवको भनाई रहेको छ ।
संसदमा आएको सवै विधेयक ल्यापटप पाएपछि सांसदहरुले ल्यापटपमै अध्ययन गर्नेछन् । जसले गर्दा कागज, मसीको खर्चका साथै समयको समेत बचत हुने प्रदेशसभाको उद्देश्य रहेको छ ।
प्रदेश सांसद प्रविधिमा कमजोर छन् ।
प्रदेशसभालाई पेपर लेस बनाउने उद्धेश्य लिएर १०७ सांसदलाई ल्यापटप प्रदान गरि गर्दा प्रविधिमा भने ६० प्रतिशत सांसदहरु निकै नै कमजोर रहेका छन् । प्रदेश २ का १०७ सांसदमध्ये ६० प्रतिशत सांसदलाई ल्यापटप चलाउन आउँदैन् । यस्तो वेलामा सांसदहरुलाई विना ज्ञान सिपको ल्यापटप दिएको खण्डमा ल्यापटपको सही सदुपयोग हुनेमा आफुलाई विश्वास नलागेको नागरिक समाजका अगुवा मुरलीमनोहर मिश्रको भनाई रहेको छ । उहाँले २,४ जनाले राम्रै रुपमा प्रविधीबारे जानकार हुनु होला तर आधा भन्दा बढी मान्छे प्रविधीबारे जानकारै नभएको वेलामा पेपरलेस बनाउने नाममा ल्यापटप दिनु सांसदलाई व्यक्तिगत रुपमा उपहार दिएर खुशी पार्नु बाहेक अन्य वाहना नहरेको अगुवा मिश्रको भनाइ छ । उनले भने सांसदहरुलाई प्रविधीबारे तालिम दिनुपर्छ अनि मात्रै समानको सही रुपमा प्रयोग र सदुपयोग हुन सक्छ ।