राज्यमन्त्रिले झाले दिएको राजिनामा मुख्यमन्त्रि राउत कहाँ नजादै फिर्ता हुने

धनुषा, ०७६ माघ २७ गते ।
प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले दिएको राजिनामा पार्टीको आग्रहमा फिर्ता लिने भएकी छिन् । राज्यमन्त्रि झाले गत माघ १४ गते पदबाट राजिनामा दिएकी थिइन् । उनले दिएकी राजिनामा मन्त्रिपरिषद मन्त्रिपरिषदमा नगएकाले गर्दा उनी राजिनामा फिर्ता लिन तयार भएकी हुन् । राष्ट्रिय जनता पार्टी (राजपा) बाट राज्यमन्त्री बनेकी डा. झा राजिनामा फिर्ता गर्न तयार भएको राजपा श्रोतले जनाएको छ । सरकारमा रहँदा पनि मन्त्रीले कुनै किसिमको जानकारी दिने नगरेको, राज्यमन्त्रीको अधिकार नदिएको, सम्पूर्ण काम मन्त्री आफैंले गर्ने गरेको भन्दै उनले राजिनामा दिएकी थिइन् ।
उनले राजिनामा दिएपछि राजपा अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर आएर राजिनामा फिर्ता गराउने वातावरण बनाएको पार्टी स्रोतले जनाएको छ । राज्यमन्त्रीको अधिकार दिने बिषयमा ठाकुरले मन्त्री जितेन्द्र सोनल र राज्यमन्त्री झाबीच सहमति गराएपछि उनी राजिनामा फिर्ता लिन तयार भएको हो । अध्यक्ष मण्डल सदस्य ठाकुर जनकपुरधाम नै आएर मन्त्री र राज्यमन्त्रीलाई बसाई मिलेर जान सुझाव दिएका छन् ।
आफ्ना संसदीय दलका नेता समेत रहेका मन्त्री जितेन्द्र सोनललाई राजिनामा बुझाएकी थिइन् । राज्यमन्त्रिले दिएको राजिनामा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको बैठकमा समेत पेश नभएकाले गर्दा राजपा पार्टी भित्रको आन्तरिक द्धन्द्धले गर्दा राज्यमन्त्रिले राजिनामा दिएको प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतले बताएका छन् । उनले भने अहिलेसम्म राज्यमन्त्रिको राजिनामा बारे हामीलाई आधिकारिक रुपमा थाहा भएको छैन् । हामी कहाँ राजिनामा आएको छैनन्, यसवारेमा हामीलाई केही जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार